१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ५ बिहीबार
  • Monday, 30 June, 2025
रमेश रावल सुर्खेत
२o७९ जेठ ५ बिहीबार १८:२३:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

वीरेन्द्रनगरको प्रमुख र उपप्रमुख दुवैमा एमालेको विजय

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o७९ जेठ ५ बिहीबार १८:२३:oo

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपलिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा (एमाले)ले विजय प्राप्त गरेको छ। एमालेबाट प्रमुखमा मोहनमाया ढकाल (भण्डारी) र उपप्रमुखमा नीलकण्ठ खनाल विजयी भएका हुन्। 

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै बहुमत वडामा पनि एमालेले जित निकालेको छ। मेयरमा निर्वाचित मोहनमायाले १६ हजार ३८ मत पाइन् भने नेपाली कांग्रेसका उपेन्द्र खड्काले १५ हजार ४ सय ८४ मत पाए। राप्रपाका मुकुन्दश्याम गिरीले ९ हजार ९८८ मत ल्याए। उपप्रमुखमा खनालले २० हजार ३ सय ६४ मत ल्याएर विजयी भए। 

माओवादी केन्द्रकी शान्ति ढकालले ११ हजार ५ सय ३३ मत प्राप्त गरिन्। राप्रपाकी लक्ष्मीकुमारी सार्कीले ३ हजार ६ सय ९७ मत पाइन्। 

१६ वटा वडा रहेको वीरेन्द्रनगरमा बहुमत वडामा एमालेका वडाध्यक्ष विजयी भएका छन्। वडा नं. १ मा दिनेश खत्री नेपाली कांग्रेस, वडा नं २ मा गजबहादुर बुढा नेकपा (एमाले), वडा नं ३ मा विनोदसिंह विष्ट नेकपा (एमाले), वडा नं. ४ मा शेरबहादुर केसी नेकपा (एमाले),  वडा नं. ५ मा लोकबहादुर शाही नेकपा (एमाले), वडा नं. ६ मा जनकबहादुर रावल नेपाली कांग्रेस, वडा नं.७ मा ध्रुवकुमार चपाई नेपाली कांग्रेस, वडा नं. ८ मा टीकाराम शर्मा नेकपा (एमाले),  वडा नं. ९ मा ऋषि गिरी नेकपा (एमाले), वडा नं. १० मा डिलबहादुर रखाल नेकपा (एमाले), वडा नं. ११ मा खिमलाल देवकोटा नेकपा (एमाले), वडा नं. १२ मा चूडामणि चपाईं नेकपा (एमाले), वडा नं. १३ मा दीपेन्द्रराज कोइराला नेपाली कांग्रेस, वडा नं. १४ देवबहादुर रोकाय नेकपा (एमाले), वडा नं. १५ मा कृष्णबहादुर थापा नेपाली कांग्रेस र वडा नं. १६ मा डण्डबहादुर विश्वकर्मा नेकपा (एमाले) उम्मेदवारहरू विजयी भएका छन्।