१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ५ बिहीबार
  • Wednesday, 03 July, 2024
२o७९ जेठ ५ बिहीबार १६:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

मायादेवी गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा लोसपा विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ५ बिहीबार १६:४७:oo

रुपन्देहीको मायादेवी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ध्रुवनारायण चौधरी विजयी भएका छन् । उपाध्यक्षमा भने लोसपाकी नर्वदादेवी उपाध्याय विजयी भएकी छिन् । अध्यक्षमा चौधरी पाँच हजार तीन सय ८६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का उम्मेदवार राम अधारे अहिरले चार हजार नाै सय ८८ मत प्राप्त गरेका थिए । अध्यक्ष पदमा विजयी चौधरी ०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

त्यसैगरी, उपाध्यक्षमा लोसपाकी उम्मेदवार नर्वदादेवी उपाध्याय चार हजार नाै सय ४२ मत प्राप्त गरी विजयी भएकी छिन् । उनकी निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी तारादेवी यादवले चार हजार आठ सय ८९ मत प्राप्त गरेकी छिन् । तारादेवी ०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । 

ad
ad
ad
ad