मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १४:३७:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

आफ्नै भोट हराएपछि स्वतन्त्र उम्मेदवार तनावमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३७:oo

आफैँले हालेको भोट पनि मतगणनामा नभेटिएपछि गोरखामा एक उम्मेदवारलाई तनाव भएको छ । भीमसेन थापा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष पदका उम्मेदवार नवराज ढकालले आफूले आफैँलाई हालेको भोट हराएको दाबी  गरेका हुन् ।

‘म चुनावी प्रतिस्पर्धामा थिएँ, मैले मेरो भोट हालेको छु, तर गणनामा मेरो मत शून्य देखाइएको छ,’ उनले भने, ‘मेरो मत खोज्न अब अदालत जानेछु ।’ आफूले आफैँलाई मत जाहेर नगरेको विषयमा सामाजिक सञ्जालहरूमा आफूमाथि नैतिक प्रश्न उठेपछि निर्वाचन अधिकृतसँग जानकारी लिन खोज्दा मत नै नआएको जवाफ आएको उनले बताए । ‘मैले आफूलाई मत जाहेर गरेको छु, बदर पनि भएको छैन, कसरी मेरो मत हरायो,’ ढकालले भने, ‘निर्वाचन कार्यालयले आफ्नो मतको बेवास्ता गरेर गणना गरेन ।’ 

ढकालले पुनः मतगणना नगरिए आफू अदालत जाने बताएका छन् । ‘मतगणना कसरी हुने रहेछ, मतगणना गर्दा निर्वाचनका कर्मचारीले कुन हदसम्म लापरबाही गर्दा रहेछन् भन्ने यो घटनाले पुष्टि गरेको छ,’ उनले भने ।

निर्वाचन अधिकृतको कार्यालयले भने कुनै त्रुटि नभएको दाबी गरेको छ । गणना गर्दा सबै दलको प्रतिनिधि बसेर गणना गरेको, सबै विवरण प्रस्ट रहेकाले कुनै त्रुटि नभएको भीमसेन थापा गाउँपालिकाका निर्वाचन अधिकृत खिमानन्द गौतमले बताए । ‘उहाँलाई चित्त नबुझेमा उच्च अदालत जान सक्नुहुन्छ,’ उनले भने । उम्मेदवार ढकाल मतगणनामा नगएको, आफ्नो प्रतिनिधि पनि नराखेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।