
रामेछापको दोरम्बा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार मैनकुमार मोक्तान र उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार खमला थापामगर विजयी भएका छन् ।
अध्यक्ष मोक्तान ६ हजार दुई सय ७० मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका टंकप्रसाद चौलागाईंले ६ हजार एक सय ५० मत प्राप्त गरेर पराजित भए ।
यसैगरी, उपाध्यक्षमा कांग्रेसकी खमला ६ हजार सात सय ८१ मत प्राप्त गरी विजयी भएकी छिन् । उनकी प्रतिद्वन्द्वी नेकपा एमालेका मुना कँडेलले पाँच हजार तीन सय १० मत प्राप्त गरेकी छिन् ।