१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ४ बुधबार
  • Wednesday, 26 June, 2024
२o७९ जेठ ४ बुधबार २१:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

चौदण्डीगढीको मेयर र उपमेयरमा एमाले विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ४ बुधबार २१:१९:oo

उदयपुरको चौदण्डीगढी नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेवार विजयी भएका छन् । मेयरमा एमालेका कालुमान लामा र उपमेयरमा मणिकादेवी दुलाल निर्वाचित भएका हुन् ।

चौदण्डीगढीका निर्वाचन अधिकृत महेशकुमार दाहालका अनुसार निर्वाचित लामाले कुल खसेको मतमा आठ हजार ८६३ मत पाएका छन् । लामाका प्रतिद्वन्दी कांग्रेसका खगेन्द्र राईले आठ हजार १२ मत पाएका छन् । लामाले कांग्रेसका निवर्तमान नगर मेयर राईलाई आठ सय ५१ मतले पराजित गरेका हुन् । 

उपमेयरमा एमालेकी मणिकादेवी दुलालले नौ हजार पाँच सय ६६ मत पाएर निर्वाचित भएकी छिन् । उनले प्रतिद्वन्द्वी निवर्तमान उपमेयर कांग्रेसकी रीताकुमारी चौधरीले सात हजार ७६० मत पाएकी छिन् ।

ad
ad
ad
ad