१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १४:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

कैलालीको गोदावरी नगरपालिकाको मेयरमा कांग्रेसका भट्ट विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १४:o१:oo

कैलालीको गोदावरी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका वीरेन्द्र भट्ट निर्वाचित भएका छन्। नेकपा एमालेका उम्मेदवार गोकर्ण भट्टलाई चार हजार दुई सय २७ मतान्तरले हराउँदै गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार भट्ट विजयी भएका हुन्।

वीरेन्द्रले १५ हजार पाँच सय एक मत पाउँदा उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार गोकर्णले ११ हजार दुई सय २४ मत पाएका छन्। मेयरमा निर्वाचित भट्ट ०७४ को स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवार हरिसिंह साउदसँग पराजित भएका थिए।

उपमेयरमा भने गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीकी रत्ना कडायतलाई हराउँदै एमालेकी शारदा रोकाया विजयी भएकी छिन्। रोकाया १० हजार ६ सय ७० मत ल्याएर विजयी हुँदा पराजित कडायतले नौ हजार नाै सय ८३ मत पाइन्। कडायत निवर्तमान उपमेयर हुन्।

ad
ad