सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष पदमा एकीकृत समाजवादीका केदारनाथ यादव दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन्। यादव एकीकृत समाजवादीबाट अध्यक्षमा निर्वाचित हुने जिल्लामै पहिलो उम्मेदवार हुन्।
तीन हजार चार सय सात मतसहित यादवले जित निकालेका हुन्। सखुवानन्कारकट्टी गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत रहेका यादवका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शत्रुधनप्रसाद साहले तीन हजार तीन सय ८१ मत ल्याएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
गाउँपालिका उपाध्यक्षमा भने कांग्रेसकी निलम यादव तीन हजार चार सय ६२ मतसहित निर्वाचित भएकी छिन्। उनकी निकटतम् प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी प्रमिला यादवले तीन हजार तीन हजार दुई सय ६ मत ल्याएकी छिन्।