मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ३ मंगलबार
  • Thursday, 19 December, 2024
दीपक भट्ट रामेछाप
२o७९ जेठ ३ मंगलबार १६:११:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

गोकुलगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o७९ जेठ ३ मंगलबार १६:११:oo

रामेछापको गोकुलगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। गाउँपालिकाको अध्यक्षमा काजीबहादुर खड्का (दिनेश) ६ हजार ७३ मत प्राप्त गरी निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका खड्गबहादुर सुनुवारले चार हजार सात सय १० प्राप्त गरेका छन्। 

उपाध्यक्षमा नेपाली कांग्रेसकी उषा कार्की (बस्नेत)ले पाँच हजार दुई सय ५३ मत प्राप्त गरी निर्वाचित भएकी छिन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी राधिका श्रेष्ठले चार हजार ६ सय ८६ मत प्राप्त गरेकी छिन्।

यसअघि ०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेवाट अध्यक्ष पदमा खडकबहादुर सुनुवार र उपाध्यक्ष पदमा राधिका श्रेष्ठ निर्वाचित भएका थिए। एमाले रामेछापले पुनः उनीहरूलाई नै उम्मेदवार बनाए पनि दुवैजना पराजित भएका छन्।

यसैगरी गोकुलगंगा गाउँपालिकाको ६ वटा वडामध्ये वडा नं. १ मा नेपाली कांग्रेसका छत्रबहादुर बस्नेत, २ मा नेपाली कांग्रेसकै उम्मेदवार सुन्दर कार्की निर्वाचित भएका छन्। त्यसैगरी वडा नं. ३ मा एमालेका नरविक्रम कार्की, ४ मा कांग्रेसका रामचन्द्र बस्नेत, ५ मा एमालेका उम्मेदवार दीपक कार्की र ६ मा कांग्रेसका चन्द्रबहादुर सुनुवार अध्यक्ष निर्वाचित भएका छन्।