मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ३ मंगलबार ०९:५७:००
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

निर्जीव र डाँगीलाई इच्छुक स्मृति पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ३ मंगलबार ०९:५७:००

इच्छुक सांस्कृतिक प्रतिष्ठानले यस वर्षको ‘इच्छुक स्मृति पुरस्कार–०७८’ प्रगतिवादी धाराका स्थापित साहित्यकार रविकिरण निर्जीव र यज्ञबहादुर डाँगीलाई संयुक्त रूपमा प्रदान गर्ने भएको छ । प्रतिष्ठानका सदस्यसचिव मित्रलाल पंज्ञानीले सोमबार वक्तव्य प्रकाशित गर्दै सो जानकारी दिएका हुन् । 

जनयुद्धका क्रममा सहादत प्राप्त गरेका प्रगतिवादी धाराका साहित्यकार कृष्ण सेन ‘इच्छुक’को नाममा पुरस्कार स्थापित भएको हो । यो पुरस्कार इच्छुक सांस्कृतिक प्रतिष्ठानले हरेक वर्ष प्रगतिवादी साहित्य र कला क्षेत्रका लेखक साहित्यकार तथा कलाकर्मी एवं प्रतिभाहरूलाई दिँदै आएको छ । ‘सोही क्रममा यस वर्षको इच्छुक स्मृति पुरस्कार स्रष्टाद्वय चितवन निवासी रविकिरण निर्जीव र दाङ निवासी यज्ञबहादुर डाँगीलाई संयुक्त रूपमा प्रदान गरिने भएको हो,’ वक्तव्यमा भनिएको छ । पुरस्कारको राशि एक लाख रहेको छ ।

प्रतिष्ठानले मूल पुरस्कारका साथै जनही २५–२५ हजार नगदसहित साहित्य तथा कलातर्फ पनि प्रतिभा पुरस्कार वितरण गर्दै आएको छ । यस वर्षको साहित्यतर्फको ‘इच्छुक प्रतिभा पुरस्कार–०७८’ पोखरा निवासी काजीबाबु श्रेष्ठ (काजी गाउँले) र रोल्पा निवासी कविता पुन मगरलाई प्रदान गर्ने जनाइएको छ । वार्षिक कार्यक्रमका अवसरमा यी सबै पुरस्कार प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ । इच्छुकको सहादत भएको १३ जेठलाई प्रतिष्ठानले स्मृति दिवसका रूपमा मनाउँदै आएको छ ।