मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ जेठ २ सोमबार १३:२२:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

गोदावरी नगरपालिका– ३ को अध्यक्षमा कलाकार घिमिरे विजयी

Read Time : < 1 मिनेट
२०७९ जेठ २ सोमबार १३:२२:००

ललितपुरको गोदावरी नगरपालिका– ३ को अध्यक्षमा कलाकार राज घिमिरे विजयी भएका छन्। एक हजार ५९ मतसहित घिमिरे वडा नम्बर ३ को अध्यक्षमा विजयी भएका हुन्। उनी माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए।

उनका प्रतिस्पर्धी एमालेका श्रीराम आचार्यले एक हजार ४९ मत प्राप्त गरेका छन्। आचार्य गोदावरी नगरपालिकाको सातौँ तहको जागिर छाडेर उम्मेदवार बनेका थिए।

घिमिरेको पृष्ठभूमि चलचित्र क्षेत्र भए पनि उनी पछिल्लो केही वर्षयता गोदावरी क्षेत्रमा सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन्। वडाध्यक्षमा विजयी भएका घिमिरेले अध्यक्षको हैसियतले पाउने कुनै पनि सरकारी सुविधा नलिने घोषणा गरेका छन्। उनले आफ्नो नाममा आएको तलबभत्ता शिक्षाबाट वञ्चित भएका बालबालिकाका लागि खर्च गर्ने बताएका छन्।