१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १ आइतबार
  • Saturday, 28 September, 2024
२o७९ जेठ १ आइतबार १७:३२:oo
Read Time : > 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

जन्तेढुंगा गाउँपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ १ आइतबार १७:३२:oo

खोटाङको जन्तेढुंगा गाउँपालिकाको प्रमुख र उपप्रमुखमा सत्तागठबन्धनमा आबद्ध चार राजनीतिक दलका साझा उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट प्रमुखमा नेकपा (माओवादी केन्द्र)की अरुणादेवी राई र उपप्रमुखमा नेपाली कांग्रेसका खेमबहादुर खड्का विजयी भएका हुन् । 

प्रमुखमा विजयी अरुणादेवीले दुई हजार आठ सय ८१ मत ल्याउँदा उपप्रमुखमा विजयी खड्काले दुई हजार आठ सय पाँच मत प्राप्त गरेका निर्वाचन अधिकृत मानबहादुर मगरले जानकारी दिए । गठबन्धनका प्रतिस्पर्धी नेकपा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार शंखबहादुर राईले दुई हजार पाँच सय ७५ र उपप्रमुखकी उम्मेदवार विमला राईले दुई हजार चार सय ९५ मत प्राप्त गरेकी छिन्। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भक्तबहादुर खड्काले १३ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। विसं २०७४ को स्थानीय तह निर्वाचनमा विजयी भएका शंखबहादुर र विमलालाई एमालेले पुनः दोस्रो कार्यकालका लागि उम्मेदवार बनाएको थियो।

जन्तेढुंगा गाउँपालिकाका ६ वडामध्ये एउटा वडामा मात्र एमालेको उम्मेदवार विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयमा एमालेका विदुरमान राई दोस्रो कार्यकालका लागि वडाध्यक्षमा विजयी भएका हुन् ।

गठबन्धनबाट वडा नम्बर १ देवीस्थानमा माओवादी केन्द्रका केदारमान राई, वडा नम्बर २ मा माओवादी केन्द्रका मस्तबहादुर राई, वडा नम्बर ३ मा कांग्रेसका तारामान राई, वडा नम्बर ५ मा कांग्रेसका धनबहादुर राई र वडा नम्बर ६ मा कांग्रेसका सागर राई अध्यक्षमा विजयी भएका छन्। जन्तेढुंगा गाउँपालिकामा एमालेविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)ले चुनावी तालमेल गरेका छन् ।

१० हजार २१३ मतदाता रहेका यस गाउँपालिकामा पाँच हजार ९७८ मत मात्र खसेको छ। पुरुष तीन हजार २६ जना र महिला दुई हजार ९५२ जनाले मतदान गरेका यस गाउँपालिकामा कुल मतदाताको ५८.५३ प्रतिशत मतदाताले मात्र मतदान गरेका छन्।