१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ३० शुक्रबार
  • Friday, 27 September, 2024
श्रवण थापा सर्लाही
२o७९ बैशाख ३० शुक्रबार १३:५१:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

सर्लाहीको कौडेना र रामनगरमा पुनः मतदान सुरु, दुई स्थानमा अझै स्थगित

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o७९ बैशाख ३० शुक्रबार १३:५१:oo

सर्लाहीको रामनगर र कौडेनाको एक स्थानमा पुनः मतदान सुरु भएको छ। झडप भएपछि जिल्लाका चार मतदान केन्द्रमा मतदान रोकिएको थियो। रोकिएको स्थानमध्ये कौडेनाको मोतीपुर र धन्कौलको पशुसेवा केन्द्र मतदान केन्द्रमा अझै स्थगित नै छ।

बिहान मतदान सुरु भएपछि विभिन्न पार्टीका नेता कार्यकर्ताबीच झडप भएको थियो। झडपपछि रोकिएको मतदान केही स्थानमा सर्वपक्षिय छलफल पछि पुनः सुचारु भएको हो। केही स्थानमा अहिले पनि छलफल भइरहेको मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार पियाले जानकारी दिए।

कौडेना गाउँपालिका–६ मा आफ्ना मतदातासँग अर्को पार्टीका उम्मेदवारले आफूहरूलाई मतदान गर्न आग्रह गरेको भन्दै विवाद सुरु भएको थियो। मतदाता भड्काएको भन्दै नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपालगायतका नेता कार्यकर्ता ढुंगामुढामा उत्रिएका थिए। उक्त स्थानको मतदान केन्द्र अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेतको नियन्त्रणमा रहेको छ। 

अवस्था नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज तथा केही राउन्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरीका प्रमुख एसपी प्रवीण पोखरेलले जानकारी दिए। उक्त स्थानमा बिहानदेखि तीनपटक झडप भएको थियो।