१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ बैशाख ३० शुक्रबार १०:४२:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

भरतपुरमा गठबन्धनले जित्नेमा शतप्रतिशत ढुक्क छु : रेणु दाहाल

Read Time : < 1 मिनेट
२०७९ बैशाख ३० शुक्रबार १०:४२:००

भरतपुर महानगरपालिकाको निर्वाचनलाई देशैभरबाट मुख्य चासोका साथ हेरिएको  छ

भरतपुर महानगरपालिकाबाट मेयरकी उम्मेदवार रेनु दाहालले भरतपुर महानगरपालिकामा रहेको मतदानस्थलबाट स्थानीय निर्वाचनको मतदान गरेकी छिन् । मतदान गरेपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले जनताले विगतको कामकाे मूल्यांकन गरेर आफूलाई जिताउनेमा विश्वस्त रहेको बताइन् । 

आगामी दिनमा भरतपुरको समृद्धिका लागि पनि आफूलाई मतदाताले जिताउने उनले बताइन् । उनले जितपछि भरतपुरलाई देशकै नमुना सहर बनाउने पनि घोषणा गरेकी छिन् । 

मेयरकी उम्मेदवार दाहालले भनिन्, ‘हामी संघीयतापछिको दोस्रो स्थानीय तहको निर्वाचनमा छौँ । जनताले विगतको कामको मूल्यांकन र भरतपुरको आगामी समृद्धिका लागि मलाई जिताउनुहुनेछ । भरतपुर देशको एउटा नमुना सहर बनाउने कुरालाई बुझेर त्यो उद्देश्यका साथ मेरो उम्मेवारी हो । गठबन्धनले जित्नेमा म शतप्रतिशत ढुक्क छु ।’

दाहाल सत्तागठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको  मेयर पदकी उम्मेदवार हुन् । उनको मुख्य प्रतिस्पर्धीको रूपमा नेकपा एमालेबाट विजय सुवेदी र नेपाली कांग्रेसका स्वतन्त्र उम्मेवार जगन्नाथ पौडेल रहेका छन् । भरतपुर महानगरपालिकाको निर्वाचनलाई देशैभरबाट मुख्य चासोका साथ हेरिएको  छ।