मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ बैशाख २९ बिहीबार ११:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मतदातालाई पैसा बाँड्ने उम्मेदवार प्रहरीको नियन्त्रणमा

Read Time : < 1 मिनेट
२०७९ बैशाख २९ बिहीबार ११:०६:००

मतदातालाई राति पैसा बाँडिरहेको अवस्थामा प्रहरीले एकजना वडाध्यक्षका उम्मेदवारलाई नियन्त्रणमा लिएको छ । बुधबार राति मतदातालाई पैसा बाँडिरहेको अवस्थामा सुर्खेत गुर्भाकोट नगरपालिका– ११ का एमालेबाट वडा अध्यक्षका उम्मेदवार राजन बिसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

मतदातालाई सोही वडाको घुमखहरेको आँपसोती टोलमा मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार बिसीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदम विष्टका बताए । 

उम्मेदवार बिसी एक लाख १२ हजार रुपैयाँ नगदसहित पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई बिहीबार १० बजेपछि निर्वाचन कार्यालयको जिम्मा लगाइने जनाएको छ ।