Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख २९ बिहीबार ०८:४१:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

भुवनमाथि सुवासको दुई स्ट्रोक अग्रता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख २९ बिहीबार ०८:४१:००

एमेच्योर खेलाडी सुवास तामाङले सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपमा भुवन नगरकोटीविरुद्ध दुई स्ट्रोकको अग्रता लिएका छन् । सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सातौँ प्रतियोगिताको तेस्रो चरणको खेल समाप्तिपछि सुवासले तीन अन्डर ६९ स्कोर गरे ।

 समग्रमा सुवासले १५ अन्डर दुई सय एक स्कोर गरे । भुवन नगरकोटीले एक अन्डर ७१ स्कोर गरेका छन् । उनले समग्रमा १३ अन्डर दुई सय तीन स्कोर गरे । दोस्रो चरणसम्म सुवास र भुवन संयुक्त रूपमा शीर्ष स्थानमा थिए । आठ अन्डर दुई सय आठ स्कोरका साथ शुक्रबहादुर राई तेस्रो स्थानमा छन् । रवि खड्काले ६ अन्डर दुई सय १० स्कोर गर्दै चौथो स्थान कब्जा जमाएका छन् । एमेच्योर खेलाडी सद्भाव आचार्य चार अन्डर दुई १२ स्कोरका साथ पाँचौँ स्थानमा छन् । सद्भावले तेस्रो चरणमा तीन ओभर ७५ स्कोर गरे ।

दिनेश प्रजापति दुई अन्डर दुई सय १४ स्कोरका साथ छैटौँ स्थानमा छन् । उनले तेस्रो चरणमा एक ओभर ७३ स्कोर गरेका थिए । निरज तामाङ, जयराम श्रेष्ठ, धनबहादुर थापा र रमेश अधिकारीले समान दुई सय १६ स्कोर गरेका छन् । निरजले दुई अन्डर ७० स्कोर गरे । जयराम र धनले इभन पार खेल्दै ७२ स्कोर गरेका थिए । सञ्जय लामा एक ओभर २१७ मा एघारौँ स्थानमा छन् । उनले तेस्रो चरणमा एक अन्डर ७१ स्कोर गरे । 

भुवनकुमार रोक्काले एक ओभर ७३ स्कोर गरेका छन् । दिनको सुरुवातमा सुवासले तेस्रो र छैटौँ होलमा बर्डिज निकाले । उनले फ्रन्ट नाइनमा एक अन्डर ३५ स्कोर गरे । सुवासले दोस्रो होलमा बोगी सामना गरेका थिए । भुवनले ब्याक नाइनमा १०, ११, १२, १५ र १६औँ होलमा बर्डिज लेखाएका थिए । उनले १४ र १८औँ होलमा दोहोरो बोगी सामना गरे । 

दोस्रो स्थानमा रहेका भुवनले आठौँ होलमा बोगी खेले । उनले तेस्रो र सातौंँ होलमा बर्डिन निकाली फ्रन्ट नाइनमा एक अन्डर ३५ स्कोर गरे । ब्याक नाइडनमा उनले ११औँ र १२औँ होलमा बर्डिज निकाले । १६औँ होलमा उनले दोहोरो बोगी खेले । शुक्रबहादुरले फ्रन्ट नाइनमा दुई अन्डर ३४ स्कोर गरे । फ्रन्ट नाइनमा उनले तेस्रो र नवौँ होलमा बर्डिज खेले । उनले ब्याक नाइनको १२औँँ, १४औँ र १५औँ होलमा बर्डिज निकाले । शुक्रबहादुरले ११औँ र १७औँ होलमा बोगीको सामना गरे ।