१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २८ बुधबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख २८ बुधबार १८:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पुराना मुद्दा व्यवस्थापनका लागि कार्ययोजना बनाउँदै सर्वोच्च 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख २८ बुधबार १८:२९:oo

सर्वोच्च अदालतले पुराना मुद्दा व्यवस्थापनका लागि कार्ययोजना बनाउने भएको छ। बुधबार बसेको सर्वोच्चको न्यायाधीशहरूको फुलकोर्ट बैठकले यस्तो निर्णय गरेको हो। सर्वोच्चका प्रवक्ता बिमल पौडेलका अनुसार  कायम मुकायम प्रधान न्यायाधीश दीपककुमार कार्कीको संयोजकत्वमा बसेको बैठकले यसबारे छलफलपछि कार्ययोजना बनाउने निर्णय गरेको हो। 

बुधबारको बैठकमा न्यायाधीश तिलप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण गर्ने तथा न्यायिक सुधारका लागि चाल्नुपर्ने विविध उपायबारे प्रस्तुतीकरण गरेका थिए। प्रस्तुतीकरणपछि कायम मुकायम प्रधानन्यायाधीश कार्की र न्यायाधीशहरूले आफ्नो धारणा राखेका थिए। 

बैठकपछि सुधारका विषयहरूलाई व्यावहारिक कार्यान्वयनमा लैजान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयोजकत्वमा रहेको मुद्दा व्यवस्थापन समितिलाई आवश्यक गृहकार्य गरी मार्गचित्रसहितको कार्ययोजना तयार गर्ने जिम्मेवारी दिइएको सर्वोच्चले जानकारी दिएको छ।

ad
ad
ad
ad