१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २८ बुधबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख २८ बुधबार o६:२o:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

१३ लाख मतदाता उपत्यकाबाट बाहिरिँदै, इन्धनको खपत ४० प्रतिशतसम्म बढ्यो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख २८ बुधबार o६:२o:oo

 स्थानीय तहको निर्वाचनमा सहभागी हुन काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या बढ्न थालेको छ ।  विभिन्न जिल्लाबाट उपत्यकामा बसोवास गर्दै आइरहेका मतदाताहरू निर्वाचनमा भाग लिन जानेको संख्या बढिरहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा मात्र आठ हजार सात सय ८८ वटा सवारीसाधनबाट ५० हजार नौ सय बाहिरिएको ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जीवकुमार दासले बताए । ‘यो संख्या अझै बढ्नेछ, शुक्रबारदेखि उपत्यकाबाट सवारीसाधनमा चाप बढ्न थालेको हो,’ दासले भने ।

त्यस्तै, यातायात व्यवसायी महासंघले चुनावका कारण गत शुक्रबारदेखि नै सवारीसाधनको चाप अत्यधिक बढेको जनाएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बिहीबारसम्म ( चुनावको अघिल्लो दिन) उपत्यकाबाट बाहिरिनेको संख्या १२ देखि १३ लाखसम्म पुग्ने अनुमान रहेको बताए । ‘सबै गाडी प्याक छन्, विशेष गरी कतिपय मतदाताले स्वतःस्फूर्त रूपमा आफैँले टिकट काटेर गएका छन् भने अधिकांश रिजर्भमार्फत गएका छन्,’ उनी भन्छन्, ‘अहिले हामीसँग भएका कुनै पनि सवारीसाधन खाली छैनन्, गणना गर्न सकिँदैन, गाउँ–गाउँमा सवारीसाधनको प्रयोग भएकाले पनि सवारीसाधनको चाप थप बढेको हो ।’ 

 चुनावसँगै इन्धनको खपत बढ्यो
३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको समय नजिकिएसँगै इन्धनको खपत बढेको छ । अहिले बढीभन्दा बढी सवारीसाधनको व्यापक प्रयोग भएको छ । जसले इन्धनको खपत बढेको हो । अहिले भौतिक पूर्वाधारहरूको निर्माण कार्य सुस्त छ । निगमका अनुसार भौतिक पूर्वाधार निर्माणमा सबैभन्दा बढी इन्धन खपत हुने गर्छ । तर, चुनाव नजिकिएसँगै इन्धनको खपत गएको शुक्रबारदेखि बढ्न थालेको नेपाल आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताए । पछिल्लो समय इन्धनको मूल्य बढेर खपत केही कम भए पनि अहिले चुनावले इन्धनको खपत ह्वात्तै बढेको उपाध्यायको भनाइ छ । ‘उपत्यकाभित्र चल्ने सवारीसाधन पनि लामो दूरीमा परिचालित छन् ।

लामो दूरीका सवारीसाधन अहिले उपत्यकाबाट बाहिरिने संख्या बढ्दो भएकाले इन्धनको खपत स्वतः बढेको हो,’ उपाध्यायले भने ।सामान्य समयमा देशभर दैनिक दुई हजारदेखि २२ सय किलोलिटरसम्म पेट्रोल खपत हुँदै आएको थियो । तर, पछिल्लो समय दैनिक ३० देखि ४० प्रतिशतसम्मले खपतदर बढ्न थालेको हो । यसैगरी, सामान्य दिनमा दैनिक पाँच हजार किलोलिटर खपत हुँदै आएको डिजेल अहिले खपतदर वृद्धि भएर दैनिक ६ हजार किलोलिटरदेखि १० हजार किलोलिटरसम्म खपत हुन थालेको उपाध्यायले बताए । इन्धनको बिक्रीदर घट्दा निगमलाई घाटादर केही कम भइरहेको अवस्थामा अहिले खपतदर बढ्दा निगम थप घाटामा गएको निगमले जनाएको छ ।