मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख २७ मंगलबार १२:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसको नेतृत्वमा सुशासन र समृद्धि सम्भव छ : प्रवक्ता महत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख २७ मंगलबार १२:३६:००

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसको नेतृत्वमा सुशासन र समृद्धि सम्भव भएको बताएका छन्। कांग्रेस काठमाडौं महानगरपालिका– ४ ले आयोजना गरेको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले  कांग्रेसले काठमाडौं महानगरको नेतृत्व पाएमा सुशासन र समृद्धि ल्याउने दाबी गरे।

‘विगत पाँच वर्षको अवधिमा काठमाडौं महानगर र वडामा विकासको कामले गति लिन सकेन, समृद्ध महानगर निर्माणका लागि एकपटक कांग्रेसलाई अवसर दिनुहोस्,’ उनले भने। उनले सम्पूर्ण बुद्धिजीवी, नागरिक क्षेत्रका अगुवालगायतलाई लोकतन्त्र र कांग्रेसको पक्षमा मतदान गर्नसमेत आग्रह गरे।

प्रवक्ता डा. महतले नेकपा सरकारले आफ्नो पाँचवर्षे कार्यकाल काम गर्न नसकी खेर फालेको जनाउँदै काम गर्ने पार्टी कांग्रेस भएको दाबी गरे। कांग्रेस मुलुक र जनताका लागि जिम्मेवार पार्टी भएको उनको भनाइ थियो। रासस