Skip This
उत्कृष्ट कार्यसम्पादन गर्ने १० मध्ये ६ पालिका कांग्रेसकै : प्रवक्ता महत
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ बैशाख २६ सोमबार
  • Wednesday, 12 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख २६ सोमबार १४:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उत्कृष्ट कार्यसम्पादन गर्ने १० मध्ये ६ पालिका कांग्रेसकै : प्रवक्ता महत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख २६ सोमबार १४:oo:oo

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष केपी ओलीसँग जनतामा गएर मत माग्ने कुनै आधार नरहेको बताएका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

हरेक कोणबाट कांग्रेसको नेतृत्व नै ठीक रहेको महतको दाबी छ। उत्कृष्ट कार्यसम्पादन गर्ने १० मध्ये ६ पालिका कांग्रेस र बाँकी तीनमा पनि सहयोगी दलको नेतृत्वमा रहेको भन्दै महतले यस्तो दाबी गरेका हुन्।

‘कुनै पनि मानेमा ओलीजीले फेरि पनि मत माग्ने आधार छैन। स्थानीय निकायकै कुरा गर्ने हो भने पनि १० वटा उत्कृष्ट कार्य सम्पादनमध्ये ६ वटा हाम्रो उत्कृष्ट छ। बाँकी तीनवटामा पनि अन्य सहयोगी दलहरू र एउटा मात्रै उहाँको उत्कृष्ट देखिएको छ। स्थानीय कोणबाट हेर्दा पनि हामी नै बलियो छौँ। राष्ट्रिय कोणबाट हेर्दा पनि नेपाली कांग्रेसको नेतृत्व नै ठीक देखिन्छ,’ उनले भने।

प्रवक्ता महतले निर्वाचनको सिलसिलामा रुकुम पश्चिम, महोत्तरी, नुवाकोट, सिन्धुपाल्चोकलगायतका जिल्लाहरूमा आफ्ना पार्टीका कार्यकर्ताहरूमाथि आक्रमण गरेको भन्दै आपत्ति जनाए। उनले ओलीलाई निर्वाचन आचारसंहिताको पालना गर्न सचेत गराउन निर्वाचन आयोगको ध्यानाकर्षणसमेत गराएका छन्।