१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २६ सोमबार
  • Sunday, 29 September, 2024
गणेश लम्साल विराटनगर
२o७९ बैशाख २६ सोमबार १३:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विराटनगरमा गठबन्धन बनाएर मत माग्दै लालटिन चिह्न पाएका स्वतन्त्र उम्मेदवार

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ बैशाख २६ सोमबार १३:२४:oo

विराटनगर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारहरू संयुक्त गठबन्धन बनाएर घरदैलो गरिरहेका छन्। प्रमुखका उम्मेदवार उमेश यादव, उपप्रमुखकी उम्मेदवार नमिता न्यौपानेसहित लालटिन चिह्न प्राप्त गरेका विभिन्न वडाका अध्यक्ष र सदस्य पदका स्वतन्त्र उम्मेदवारहरू संयुक्त रूपमा घरदैलो गर्दै मत मागिरहेका छन्। 

उमेश यादवले जनता समाजवादी परित्याग गरेर स्वतन्त्रतर्फबाट प्रमुख पदमा उम्मेदवारी दिएका हुन्। उनी जसपा संघीय परिषद् सदस्य थिए। पार्टी अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई गठबन्धनबाट उपमेयरको उम्मेदवार बनाएपछि रुष्ट भएका उमेशले पार्टी परित्याग गरेका थिए। उनले ०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट विराटनगरको प्रमुख पदमा चुनावी प्रतिस्पर्धा गरेका थिए।

यसैगरी, स्वतन्त्रतर्फबाट उपप्रमुखमा उम्मेदवारी दिएकी नमिता न्यौपानेले गठबन्धनबाट महिलालाई उम्मेदवार नबनाएको भन्दै माओवादी केन्द्रबाट विद्रोह गरेकी हुन्। विराटनगर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका मेयरका एक, उपमेयरका एक,  वडाध्यक्षका नौ र वडासदस्यका १३ उम्मेदवारले लालटिन चुनाव चिह्न लिएका छन्।
   
विराटनगर महानगरमा ९७ पदका लागि जम्मा सात सय २१ जनाको उम्मेदवारी कायम भएको छ। तीमध्ये ४४ जना स्वतन्त्र उम्मेदवार छन्। जसमा १३ जना मेयरमा र ११ जना उपमेरका उम्मेदवार छन्। 

यहाँ पाँचदलीय गठबन्धनबाट मेयरमा कांग्रेसका नागेश कोइराला र उपमेयरमा जसपाका अमरेन्द्र यादव उम्मेदवार छन्। यसैगरी एमालेबाट मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्की तथा राप्रपाबाट मेयरमा प्रह्लादप्रसाद साह र उपमेयरमा बबिता आचार्य लुइँटेल उम्मेदवार छन्।