मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २५ आइतबार
  • Wednesday, 18 December, 2024
एमालेबाट अध्यक्षका उम्मेदवार प्रकाशबहादुुर शाही र एकीकृत समाजवादीबाट उपाध्यक्षका उम्मेदवार शक्तिसिंह ऐडी ।
२o७९ बैशाख २५ आइतबार १७:२५:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

हुम्लाको खार्पुनाथमा एमाले र एकीकृत समाजवादीबीच तालमेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २५ आइतबार १७:२५:oo

देशभर आरोप-प्रत्यारोपमा लागेका एमाले र एकीकृत समाजवादीबीच हुम्लाको खार्पुनाथ गाउँपालिकामा भने तालमेल भएको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि अध्यक्ष र उपाध्यक्षमा तालमेल गरेर दुवै दलका उम्मेदवार चुनावी प्रचारमा लागेका छन् ।

अध्यक्षमा एमाले र उपाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवारलाई सहयोग गर्ने गरी स्थानीय स्तरमा तालमेल भएको हो । खार्पुनाथ गाउँपालिकामा एमालेले अध्यक्ष पदका लागि प्रकाशबहादुर शाहीलाई उम्मेदवार बनाएको छ । उपाध्यक्षमा एमालेले उम्मेदवारी दिएको छैन ।

एकीकृत समाजवादीले उपाध्यक्षमा शक्तिसिंह ऐडीको उम्मेदवारी दर्ता गराएको छ भने अध्यक्षमा उम्मेदवारी दिएको छैन । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि स्थानीय स्तरमा एमाले र एकीकृत समाजवादीले तालमेल गरेर जाने सहमति गरेका हुन् ।

सुरुमा हुम्लामा पाँचदलीय गठबन्धनबीच खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो । तर, कांग्रेस र माओवादी केन्द्रले मात्र तालमेल गरेर अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रले उम्मेदवारी दिएका थिए ।

तालमेल गरेर चुनावी प्रचारमा हिँडे पनि एमाले र एकीकृत समाजवादीले लिखित सहमति भने गरेका छैनन् । तर, दुवै दलका उम्मेदवार मत माग्न सँगै हिँड्ने गरेका छन् ।

खार्पुनाथमा अध्यक्ष र उपाध्यक्षबाहेक अन्य पदमा भने एमाले र एकीकृत समाजवादीले तालमेल गरेका छैनन् । एमाले जिल्ला उपाध्यक्ष डबल रावतले जिल्लामा एकीकृत समाजवादीसँग तालमेल गर्ने कुनै निर्णय नभएको बताए । उनले गाउँपालिका स्तरमा निर्णय गरी तालमेल भएको हुन सक्ने बताए ।

एकीकृत समाजवादीका उपाध्यक्ष तीर्थराज रोकायाले पनि एमालेसँग तालमेल गर्ने निर्णय पार्टीले नगरेको बताए । तालमेलबारे स्थानीय तहको सहमतिबारे पनि जानकारी नआएको उनले बताए ।