मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ बैशाख २५ आइतबार
  • Monday, 10 August, 2026
२o७९ बैशाख २५ आइतबार १२:३७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बेलायतले युक्रेनलाई थप १.६ बिलियन डलर सहायता दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २५ आइतबार १२:३७:oo

बेलायती अर्थमन्त्री ऋषि सुनकले किभका लागि १.३ बिलियन पाउन्ड (१.६ बिलियन अमेरिकी डलर)को अतिरिक्त कोष प्याकेज प्रदान गर्न लागेको जानकारी दिएका छन्।

द सन्डे टाइम्सका अनुसार यो रकम ट्रेजरीको आपतकालीन कोषबाट लिइनेछ र युक्रेनलाई बेलायतको विद्यमान १.५ बिलियन पाउन्ड सहयोगको अतिरिक्त प्रदान गरिनेछ। बेलायतका रक्षामन्त्री बेन वालेस र विदेशमन्त्री लिज ट्रसको दबाबपछि सुनकले थप सहायताको पुष्टि गरेका समाचारमा उल्लेख छ।

डोनेट्स्क र लुहान्स्क जनवादी गणतन्त्र (डिपिआर र एलपिआर)ले युक्रेनी उत्तेजनाहरूविरुद्ध आफ्नो रक्षा गर्न मद्दतको लागि ‘अपिल’ गरेपछि रुसले गत फेब्रुअरी २४ मा युक्रेनमा आफ्नो विशेष सैन्य अपरेसन सुरु गरेको हो। रुसले आफ्नो विशेष अपरेसनको उद्देश्य युक्रेनलाई निशस्त्रीकरण गर्नु रहेको बताएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार डोनबासका जनतालाई जोगाउने लक्ष्य रहेको छ, ‘जो आठ वर्षदेखि किभ शासनद्वारा दुर्व्यवहार र नरसंहारको सिकार भएका छन्।’ रुसको कारबाहीको जवाफमा पश्चिमी देशहरूले मस्कोविरुद्ध व्यापक प्रतिबन्ध अभियान चलाएका छन् र युक्रेनलाई हतियार आपूर्ति गरिरहेका छन्। रासस/एएनआई/स्पुतनिक