मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ बैशाख २१ बुधबार ०९:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

टिकट वितरणलाई लिएर सिराहा जसपामा विवाद, केन्द्रीय प्रचार विभाग प्रमुखमाथि आक्रमण

Read Time : < 1 मिनेट
२०७९ बैशाख २१ बुधबार ०९:१८:००

जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय प्रचारप्रसार विभाग प्रमुख प्रकाश अधिकारीमाथि सिरहामा आक्रमण भएको छ । पार्टीको कार्यकारणी सदस्य एवं कार्यालय सचिवसमेत रहेका उनीमाथि मंगलबार साँझ मिर्चैया नगरपालिका– ९ घुर्मीबजारनजिकै आक्रमण भएको हो । 

सिराहा नगरपालिकाको बा.२झ ३६५१ नम्बरको सरकारी गाडी (स्कारपियो)मा सवार अधिकारीमाथि बाँसको भाँटाले आक्रमण भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार शरीरमा चोट लागेका अधिकारीको घुर्मीस्थित लाइफलाइन हेल्थ केयरमा सामान्य उपचारपछि थप उपचारका लागि मिर्चैया पठाइएको छ । आक्रमणबाट गाडीमा पनि क्षति पुगेको छ । 

सिराहाका स्थानीय तहमा टिकट वितरणमा मनोमानी गरेको भन्दै जसपाकै असन्तुष्ट पक्षले उनको आलोचना गर्दै आएको थियो । आक्रमण गर्ने पक्ष पार्टी नेता राजकिशोर यादवको भाइलगायत रहेको अधिकारीको आरोप छ । ‘राजकिशोरको भाइ कासिन्द्र र पवितर यादवलगायत १५–२० जनाको समूहले ममाथि आक्रमण गर्‍यो,’ उनले भने ।