निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार २१ मंगलबार
  • Tuesday, 05 July, 2022
चे शंकर, नाट्यकर्मी
पवन बराइली काठमाडाैं
२०७९ बैशाख २० मंगलबार १०:०३:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

रंगमञ्चका चकचके चे

Read Time : > 1 मिनेट
पवन बराइली, काठमाडाैं
२०७९ बैशाख २० मंगलबार १०:०३:००

मैले हरेक काम फरक–फरक गरेको छु । मलाई रंगमञ्चमा चकचक गर्न मन पर्छ । चकचक गर्दा रमाइलो लाग्छ । थिएटर मैले रोजेको क्षेत्र हो । मेरो बाँच्ने आधार हो । मैले थिएटरलाई अन्याय गर्न मिल्दैन ।

नेपाली रंगमञ्चका उम्दा निर्देशक हुन्, शंकर रिजाल अर्थात् चे शंकर । सन् २०११ मा ‘इल्युजन’ नाटकबाट रंगमञ्चमा पाइला टेकेका शंकरले ‘म्यारिज प्रपोजल’, ‘लुक ब्याक इन एंगर’, ‘कोही किन बर्बाद होस्’, ‘तिर्खा’, ‘पूर्णिमा’, ‘सेम टाइम नेक्स्ट इयर’, ‘मिस्टर फक्स इन स्कुल बोय’, ‘ऊ मरेकी छैन’लगायत नाटक निर्देशन गरिसकेका छन् । उनकै निर्देशनमा लेखक नयनराज पाण्डेको उपान्यसमा आधारित नाटक ‘उलार’ टेकुको कौसी थिएटरमा मञ्चन भइरहेको छ ।

‘उलार’लाई उनैले रंगमञ्चको दृश्यभाषामा ढालेका हुन् । ‘उलार’मा नेपालगञ्ज आसपासका सीमान्तकृत समुदायको संघर्षको कथा बुनिएको उनले बताए । उपन्यासका पात्रलाई दृश्यात्मक रूपमा नाटकमा देखाउन खोजेको उनको भनाइ छ । 

उनका लागि रंगमञ्च अभिव्यक्ति सम्प्रेषण गर्ने माध्यम हो जहाँ उनले आफ्नो जीवन पाएका छन् । शंकर भन्छन्, ‘नाटक भनेकै जीवन बनाउने माध्यम हो । नाटकमा हरेक मानिसको जनजीवन जोडिएको छ ।

उनका लागि रंगमञ्च अभिव्यक्ति सम्प्रेषण गर्ने माध्यम हो जहाँ उनले आफ्नो जीवन पाएका छन् । शंकर भन्छन्, ‘नाटक भनेकै जीवन बनाउने माध्यम हो । नाटकमा हरेक मानिसको जनजीवन जोडिएको छ ।

तर, नेपालमा रंगमञ्च सामान्य मानिसको पहुँचभन्दा टाढा रहेको उनको ठम्याइ छ । नाटक आममानिसको पहुँचभित्र रहनुपर्ने उनको तर्क छ । ‘नाटकको भाषाबाट समाज सचेत गराउन सकिन्छ, समाजलाई विकसित गर्न सकिन्छ । हाम्रोमा रंगमञ्च सामान्य मानिसको पहुँचभन्दा बाहिर छ । त्यसका लागि सबैको पहुँचमा रंगमञ्च पुर्‍याउनुपर्छ ।’

नाटकमा कलाका सबै विधा जोडिनुपर्ने उनको तर्क छ । ‘संगीत, चित्रकला, सिनेमा र रंगमञ्च मिलाएर लैजानुपर्छ,’ उनी भन्छन्, ‘हाम्रो समाज कुरूप हुँदै गएको छ । कुरूप समाजलाई चेतनशील बनाउन नाटकलाई भरपूर प्रयोग गर्न सकिन्छ । जसका लागि रंगमञ्च महत्वपूर्ण माध्यम हो । यसलाई विकास गर्दै लैजानुपर्छ ।’ 

राम्रो कामका लागि सकारात्मक सोच चाहिने उनको बुझाइ छ । ‘रंगमञ्च मैले रोजेको क्षेत्र हो । जसले मलाई जीवनको गहिरो रूप दिएको छ । जीवन बाँच्ने आधार नै रंगमञ्च बनेको छ । त्यसैले मैले रंगमञ्चलाई अन्याय गर्नु हुँदैन,’ उनले भने । 

रंगमञ्चमा काम गर्न गहिरो साधना चाहिने उनको बुझाइ छ । ‘मेरा लागि त रंगमञ्च ध्यान गरेजस्तै हो,’ उनी भन्छन्, ‘नाटक मेरो आत्मा हो । मैले खुसी पाउने एक मात्र ठाउँ थिएटर हो । जहाँ मैले आफूलाई चिन्ने मौका पाएको छु ।’ उनी नाटकमा काम गरिरहनु एक मात्रै लक्ष्य भएको र जीवनको अनन्त कालसम्म नाटकै गरिरहने बताउँछन् । 

उनी रंगमञ्चका पूर्णकालीन पात्र हुन् । नाटकमा एउटा संसार निर्माण हुन्छ । जुन संसार दर्शकका लागि मन पर्ने हुनुपर्छ । त्यसका लागि नाटकमा छुट्टै भाषा र शैली प्रयोग हुनुपर्ने उनको तर्क छ । शंकर भन्छन्, ‘मैले हरेक काम फरक–फरक गरेको छु । मलाई रंगमञ्चमा चकचक गर्न मन पर्छ । चकचक गर्दा रमाइलो लाग्छ । थिएटर मैले रोजेको क्षेत्र हो । मेरो बाँच्ने आधार हो । मैले थिएटरलाई अन्याय गर्न मिल्दैन ।’

सामाजिक विषयवस्तुभन्दा मानिसको जीवनसँग जोडिएका विषयवस्तुमा नाटक गर्न मन पराउँछन् उनी । ‘मानिसका अन्तर्मनका कुरालाई नाटकमा रूपान्तरण गर्न मन पराउँछु,’ उनी भन्छन्, ‘नाटकमा अभिनय मात्रै होइन, कलाको भाषा बुझ्न जरुरी हुन्छ । कलामा सामाजिकसँगै मानिसका कथा आउँछन् । त्यस्ता मानिसको कथा खोतलेर नाटकमा देखाउने प्रयास गर्छु ।’