नेपाली कांग्रेसका शीर्ष नेताहरू छलफलमा जुटेका छन्। स्थानीय तह निर्वाचनका लागि महानगरका उम्मेदवार टुंग्याउन कांग्रेसका शीर्ष नेताहरू छलफलमा जुटेका हुन्।
पार्टी केन्द्रीय कार्यालयमा जारी छलफलमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, नेताहरू शशांक कोइराला, रामचन्द्र पौडेललगायतका नेताहरू सहभागी छन्। निर्वाचनका लागि मनोनयनको समय सुरु भइसक्दासमेत कांग्रेसले महानगरका उम्मेदवारको टुंगो लगाउन सकेको छैन।