मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ बैशाख १० शनिबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख १० शनिबार १७:५६:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

पूर्वन्यायाधीश श्रेष्ठको पुस्तक ‘न्याय र जीवन’ लोकार्पण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख १० शनिबार १७:५६:oo

पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठद्वारा लिखित पुस्तक ‘न्याय र जीवन’ लोकार्पण गरिएको छ। शनिबार आयोजित एक कार्यक्रमका बीच उक्त जीवनी लोकार्पण गरिएको हो।

श्रेष्ठले आफू सरकारी जागिरे र न्याय सेवामा हुँदा भोगेका अनुभवलाई पुस्तकमा समेटेका छन्। ९२ वर्षीय श्रेष्ठले नौ दशकसम्म भोगेका न्याय र जीवनका अविस्मणीय क्षणलाई पुस्तकमा प्रतिविम्बित गरेका छन्। पुस्तकमा न्यायाधीशको जिम्मेवारी र न्याय प्रवाहमा देखिएको चलखेलका विषयलाई उठान गरिएको छ। त्यस्तै, भ्रष्टाचार, गरिबी, अशिक्षा जस्ता न्याय प्रवाहलाई कमजोर बनाउने कारणहरूका बारेमा पनि उनले पुस्तकमा लेखेका छन्।

लेखक श्रेष्ठका शब्दमा ‘न्याय र जीवन’ पुस्तक न्यायिक प्रणालीका निकै दुर्लभ र रोचक कथाहरूको संग्रह हो। आफैँले भोगेका आश्चर्यजनक र न्याय प्रणालीमा निभाएको रचनात्मक भूमिका उनले पुस्तकमा समेटेको बताएका छन्। नेपालको पुरानो न्याय प्रणाली कस्तो थियो भनेर बुझ्न पनि पुस्तक उपयोगी हुने उनले बताए।

पुस्तक लोकार्पण कार्यक्रममा पूर्वमुख्यसचिव मुकुन्द शर्मा पौडेलले श्रेष्ठ इमान्दार, निष्ठावान, निडर न्यायमूर्ति तथा मेलमिलापकर्ता भएको टिप्पणी गरे। उनले एउटा न्यायाधीशले भोगेका कथा पढ्दा नेपालको न्याय प्रणाली र अवस्थाको चित्रण हुने बताए। पुस्तकमाथि आफ्नो मन्तव्य राख्दै पत्रकार भैरव रिसालले श्रेष्ठ मेलमिलापका न्यायाधीश रहेको बताए।

लेखक श्रेष्ठ पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका बुवा हुन्। बुवाको पुस्तक र न्यायिक शैलीबारे व्याख्या गर्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले बुवाले आफू न्यायाधीश हुँदाका रोमाञ्चक र अनौठा किस्सा पुस्तकमा समेटेको बताए। ‘हामीले राजनीतिक मानिसको जीवन भोगाइ बढी सुनेका र पढेका हुन्छौँ। तर, एउटा कर्मचारीको भोगाइ पनि निकै पीडादायी र उत्प्रेरणादायी भोगाइ हुन्छ,’ उनले भने,  ‘यो पुस्तकले उबेलाको नेपाल, न्याय प्रणाली र न्यायाधीशको मनको पनि व्याख्या गर्छ।’ 

लोकार्पण कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, मीनबहादुर रायमाझी, पूर्वमहान्यायाधिवक्ता राघवलाल वैद्यलगायत उपस्थित थिए।