मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ५ सोमबार
  • Thursday, 19 December, 2024
२o७९ बैशाख ५ सोमबार o८:१४:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अंकुरम यू– २० राष्ट्रिय रग्बी सेभेन च्याम्पियनसिप : काठमाडौं र धनगढीलाई उपाधि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ५ सोमबार o८:१४:oo

काठमाडौं र धनगढीले आइतबार अंकुरम यू– २० राष्ट्रिय रग्बी सेभेन च्याम्पियनसिपको उपाधि जितेका छन् । काठमाडौंको गोर्खाली रग्बी क्लब पुरुष तथा धनगढीको बडीमालिका रग्बी क्लब महिलातर्फ विजेता बनेका हुन् । राष्ट्रिय टोलीका लागि खेलाडी छनोट गर्न भरतपुर–७ कृष्णपुरको स्पोर्टस् मैदानमा प्रतियोगिता आयोजना भएको हो । 

प्रतियोगिताको पुरुषतर्फ मकवानपुर रग्बी संघ तथा महिलातर्फ काठमाडौंको हिमालयन टाइगर्स रग्बी क्लब उपविजेता भयो । प्रतियोगितामा चितवनसहित मकवानपुर, धनगढी, काठमाडौंबाट समान पाँच पुरुष र महिला टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ । 

प्रतियोगिताको पुरुषतर्फ गोर्खालीका रोशन डंगोल र महिलातर्फ  बडिमालिकाकी अपना पौडेल उत्कृष्ट खेलाडी बनेका छन् । पुरुषतर्फ हिमालयन र महिलामा चितवन वारियर्स उत्कृष्ट टिम भएको आयोजकले जनाएको छ । प्रतियोगिता विजेतालाई भरतपुर महानगरपालिका– ७ का अध्यक्ष राजेन्द्रमणि काफ्ले र नेपाल रग्बी संघका कार्यवाहक अध्यक्ष दीपक देवकोटाले पुरस्कृत गरेका छन् । 

नेपाल रग्बी संघअन्तर्गत प्रतियोगिता कमिटीका संयोजक विनोद तामाङले अर्को वर्ष नेपालमा यू– १८ एसियन ट्रफी हुने बताए । सोही प्रतियोगिताको तयारीस्वरूप अंकुरम यू–२० राष्ट्रिय सेभेन रग्बी च्याम्पियनसिप आयोजना भएको उनले बताए । भरतपुरको अंकुरम एकेडेमीकै सक्रियतामा दुई वर्षअघि स्कुलस्तरीय रग्बी खेलको प्रशिक्षण भएको थियो । यसैगरी, अंकुरम एकेडेमीकै पहलमा प्रशिक्षकहरूका लागि पनि प्रशिक्षण आयोजना भएको चितवन रग्बी संघका अध्यक्ष तथा अंकुरम एकेडेमीका प्रिन्सिपल सुमन पौडेलले जानकारी दिए ।