१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ४ आइतबार
  • Wednesday, 26 June, 2024
२o७९ बैशाख ४ आइतबार ११:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

बस्ती जोखिममा परेपछि तटबन्ध बनाउन माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ४ आइतबार ११:o३:oo

मादीसेती नदी किनारस्थित व्यास नगरपालिका– ३ देउराली नगर बस्ती जोखिममा परेको छ। नदी कटानले ती क्षेत्रका करिब चार सय घरधुरी जोखिममा पर्ने जनाइएको छ। सो क्षेत्रमा समयमै तटबन्ध गर्नुपर्ने स्थानीयवासीको माग छ।

बस्ती जोगाउन नदीमा तटबन्ध गर्न अतिआवश्यक देखिएकाले नगरपालिकालाई आग्रह गरिएको स्थानीय नमस्ते देउराली युथ क्लबका अध्यक्ष तिलबहादुर थापाले बताए। सो क्लबले मादी नदी किनारमा सेभेन साइड फुटबल खेल मैदानसमेत बनाएको छ। डोजर लगाएर जग्गा सम्याएर फराकिलो बनाएपछि माटो ल्याएर फिलिङ गरिएको हो। खेलमैदान र देउराली नगरका बस्ती नदीले कटान गरी क्षति हुन सक्ने भएकाले समयमै सम्बन्धित निकायले ध्यान दिन आग्रह गरिएको स्थानीय बाबुराम बगालेले जानकारी दिए।

नदी किनारमा तटबन्ध गरिए खेलमैदान र बस्ती जोगाउन सहयोग पुग्ने विश्वास गरिएको स्थानीयवासी बताउँछन्। व्यक्तिले हडपेर प्रयोग गर्दै आएको सार्वजनिक जग्गा देउराली नगरवासीको सक्रियतामा संरक्षण गरी खेलमैदान निर्माण गरिएको हो।

उक्त बस्ती संरक्षणका लागि व्यास नगरपालिका कार्यालयले चासो दिँदै आएको बताइएको छ। ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाको बीचभागमा मादीसेती नदी बग्ने गरेको छ। ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाले समन्वय गरी मादीसेती नदी किनारमा तटबन्ध गर्ने योजना रहेको व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताए। रासस

ad
ad
ad
ad