मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २८ सोमबार
  • Wednesday, 18 December, 2024
गणेश लम्साल विराटनगर
२o७८ चैत २८ सोमबार १२:१५:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रगति गर्ने आँट गरेको व्यक्ति असफल हुँदैन

Read Time : > 3 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७८ चैत २८ सोमबार १२:१५:oo

म अहिले परिवारसहित मेचीनगर नगरपालिका वडा नं. ८ गिरीगाउँमा बस्छु । परिवारमा एक छोरा, एक छोरी र श्रीमान्सहित चारजना छाैँ । हाम्रो हालको पेसा कुखुरापालन (अन्डा उत्पादन) हो । विगतमा मेरो आर्थिक स्थिति निकै कमजोर थियो, जसले गर्दा मैले धेरै पढ्न सकिनँ । त्यसैले कुनै जागिर खाएर परिवारमा केही गर्ने सोच सपना बनेर रह्यो । सानै उमेरमो बिहे भयो । परिवार चलाउन श्रीमान् प्रहरीमा जागिर खानुहुन्थ्यो । श्रीमान्को तलबले परिवार धान्न एकदमै गाह्रो थियो । म आफू पनि केही गर्न चाहन्थेँ, तर छोराछोरी पनि स–साना रहेकाले सक्दिनथेँ । अहिले केही गर्न नसके तापनि कुनै दिन केही गर्छु भन्ने चाहना भने मनमा रहिरह्यो ।

०६३ सालमा गाउँमा हामीजस्ता विपन्न वर्गका लागि जीवनस्तर उकास्न सहयोग गर्ने संस्था आएको थाहा पाएँ । केही दिनको छलफल र आवतजावतले केन्द्र बनाउने तालिममा सहभागी भई जीवन विकास शाखा कार्यालय इँटाभट्टाअन्तर्गत केन्द्र नं. ७३ मा आबद्ध भई २० हजार ऋण लिई कच्चा बाँसको खोर बनाई ५० वटा ब्रोइलर चल्ला लगाई व्यवसाय सुरु गरेँ । त्यो कर्जाको किस्ता र घरको सामान्य खर्च व्यवसायबाट हुन थाल्यो । पछि फेरि क्रमशः ३० हजार र ५० हजार ऋण लिई कारोबार बढाउँदै गएँ ।

०६५ सालमा श्रीमान्को पेन्सन भएर घर आइसक्नुभएकाले व्यवसाय बढाउने सल्लाह गर्‍यौँ । तर, पहिले घडेरी खरिद गर्दाको ऋण रहेकाले उक्त कर्जा तिर्नका लागि आवास ऋणअन्तर्गत ०६६ सालमा एक लाख ५० हजार लिई भिट्टा आफ्नो नाममा पास गर्‍यौँ । केही महिना किस्ता तिरी थप लाख लिई व्यवसायलाई अझ व्यवस्थित बनायौँ । त्यसरी नै थप कर्जा लिँदै व्यवसाय बढाउँदै गयाैँ र श्रीमान्ले गाई–भैँसी फार्म सञ्चालन गर्न थाल्नुभयो, मैले कुुखुरा फार्मलाई नै निरन्तरता दिएँ, क्रमशः व्यवसाय बढ्दै गयो । हाल पाँच लाखसम्म कर्जा चलाई सरल तरिकाले किस्ता तिर्न सक्ने भएका छौँ । श्रीमान्ले पशुपालन गर्न चाहने युवाहरूलाई पशुपालनसम्बन्धी तालिम पनि दिनुहुन्छ । हामीले १४–१५ वर्षको अन्तरालमा चारकोठाको घर निर्माण गरेका छौँ ।

हामी सुकुम्बासी मान्छे १२ धुर जग्गा खरिद गरेका छौँ । कुखुराको सुली मलका रूपमा बिक्री गर्दा मात्र हाम्रो चार–पाँचजनाको परिवारलाई खान–लगाउन तथा अन्य केही घरायसी खर्चका लागि पर्याप्त हुन्छ । कुखुरा र दूध बिक्री गरेको रकम बचत गरिराखेका छौँ । हाल भैँसीपालनमा १५ लाख र कुखुरापालनमा ३० लाख गरी ४५ लाखको पुँजीमा व्यवसाय सञ्चालन गरेका छाैँ ।

अझ कुखुरा थप गर्ने उद्देश्यले हाल १२ लाखमा दुईवटा गोठ निर्माण गर्दै छौँ । यसै समयको अन्तरालमा छोरी बिएड र छोरा १२ कक्षामा पढ्दै छन् । हाम्रो यस प्रगतिमा जीवन विकासको महत्वपूर्ण भूमिका रहेको छ । जीवन विकासको सहयोगले गर्दा आज हामी यो अवस्थामा आइपुगेका हौँ । भविष्यमा पनि भगवान्रूपी समुदाय हित गर्ने संस्थाको साथ–सहयोग मिल्यो र भाग्यले पनि साथ दिइरह्यो भने हामी मेचीनगर ग्रामीण भेगकै एक नमुना कृषकका रूपमा पहिचान बनाउन सफल हुनेछौँ । आजभोलि पनि कृषक, गाई र कुखुराको गोबर सोहोर्ने परिवारलाई सहरिया जीवनयापन गर्ने समुदायले हेर्ने र सोच्ने नजरमा परिवर्तन ल्याई कृषक र कृषि पेसालाई नै समाजमा उच्च मूल्यांकन तथा उचित स्थान दिलाउन र अरूको पे्ररणाको स्रोत बन्न सकियोस् भन्ने कामना पनि गर्छु । 

गरिबी निवारण गर्न  ११ अभियान चलाएका छौँ
जीवन विकासको वित्तीय अवस्था कस्तो छ ?
संस्थाको चुक्ता पुँजी ६० करोड ८४ लाख छ । त्यसमा १७ प्रतिशत बोनस पनि थपिएपछि त्यो एक अर्ब तीन करोडमा पुगेको छ । बचत आठ अर्ब ९३ करोड ९१ लाख छ । हाम्रो प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशका २१ जिल्लामा एक सय ४६ शाखामा नौ सय दुई कर्मचारी छन् । सदस्य संख्या तीन लाख २७ हजार दुई सय १२ छ । ऋणीको संख्या दुई लाख १३ हजार एक सय २६ छ । 

हाम्रा सबै सूचकहरू राम्रा छन । हामीले सेवालाई विविधीकरणमा जोड दिएका छौँ । गरिबी निवारणका लागि ११ वटा अभियानलाई निरन्तरता दिइरहेका छौँ । आफ्नै एप्स बनाएर सेवा दिइरहेका छौँ । जसले गर्दा सदस्यहरूले गाउँघरमै बसेर बिजुलीको बिल तिर्ने, टिभी रिचार्ज गर्नेदेखि अन्य सेवाहरू लिइरहेका छन् । हामी मुनाफामा होइन, गरिबको जीवन व्यवस्थित रूपले उत्थान होस् भन्नेमा जोड दिन्छौँ । सहरको सुविधा गाउँमा पनि उपलब्ध गराउने प्रयास गरेका छौँ । जीवन विकास समाज संस्थासँग जोडिएर हामीले अलग्गै अस्पताल र स्कुल पनि सञ्चालन गरेका छाैँ । मोरङको कटहरीमा दुई वर्षभित्र सञ्चालनमा आउने गरी सय शड्ढयाको अस्पताल निर्माण भइरहेको छ । जसमा लघुवित्तका सदस्यहरूले नै लाभ पाउनेछन् । 

लघुवित्तका समस्या र चुनौतीहरू कस्ता छन् ?
कोभिड महामारी र तरलता हाम्रा लागि चुनौती हुन् । प्रत्यक्ष भेटघाट गर्न समस्या भए पनि डिजिटल सेवामा जोड दियौँ । हरेक केन्द्रमा ( एटिएम) आधिकारिक पारिचालक तोक्यौँ र सेवा दियौँ । इसेवा र खल्ती डटकमसँग सहयोग लियौँ । हामीले कोभिड महामारीमा हरेक सदस्यको परिवारलाई दुई हजारबराबरको पौष्टिक आहार वितरण गर्‍यौँ । टोलटोलमा सम्पर्क बनाएर मनोबल बढाउने काम गर्‍याैँ । 

लघुवित्तको सेवालाई अझै राम्रो बनाउन के गर्नुहुन्छ  ?
विपन्न वर्गलाई छाड्नुहँुदैन । खर्चिलो भए पनि गरिबकेन्द्रित भइरहनुपर्छ । पैसामा मात्र होइन, नेतृत्व विकास र सचेतनामा जोड दिइरहनुपर्छ । पारदर्शिता अपनाउनुपर्छ । यति भए नकारात्मक धारणा आफैँ हटेर जान्छ । सफलतालाई बाहिर ल्याउँदै जानुपर्छ । 

जीवन विकासको आगामी योजना कस्तो छ ?
आठ वर्षभित्र देशभरि सञ्जाल विस्तार गरेर गरिबी निवारणमा सहयोग पुर्‍याउने हो । केही नभएकालाई जीविकोपाजर्नमा सहयोग गर्ने, स्वरोजगारहरूलाई उद्यमी बनाएर पूर्ण व्यावसायिक बनाउने हाम्रो मुख्य जोड छ । 

देशमा तीन तहको सरकार छ, लघुवित्तले कस्तो सहयोगको आपेक्षा गर्छ ?
केही पालिकाहरूले हाम्रो ठाउँबाट लघुवित्त हटाउनुपर्छ भनेर पत्राचार पनि गरेको सुनियो । तर, यो गलत हो । नीतिगत तालमेल र प्रस्ट  व्यवहार भयो भने समस्या आउँदैन । हरेक पालिकाहरूले लघुवित्तसँग समन्वय गरेर काम गर्ने हो भने सबै कार्यक्रमका परिणाम राम्रो आउँछन् । सरकारका परियोजनाहरू पनि सफल हुन्छन् ।