१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
४९ किलोमिटर दूरीको जुम्ला–रारा अल्ट्रा म्याराथनको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही । तस्बिर : नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

जुम्ला–रारा अल्ट्रा म्याराथन : एक विदेशीसहित ७७ खेलाडी  सहभागी, अन्तिम नतिजा आज 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:३८:oo

जुम्ला–रारा तेस्रो अल्ट्रा म्याराथन प्रतियोगितामा ७७ खेलाडी सहभागी भएका छन् । कर्णाली स्पोर्टस् क्लब जुम्लाले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा नेपालका १० जिल्लाका खेलाडीसहित एकजना भारतीय खेलाडी सहभागी छन् । म्याराथनमा प्रथम हुनेले महिला र पुरुषतर्फ एक लाख २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, द्वितीय हुनेले ६२ हजार पाँच सय, तृतीय हुनेले ३७ हजार ५ सय र सान्त्वना हुने सातजनालाई ६ हजार पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । ४९ किलोमिटर दूरीको यो प्रतियोगिताको पूर्ण नतिजा आइतबार मात्रै सार्वजनिक हुनेछ । 

जुम्लादेखि रारातालसम्म पाँचवटा चेक प्वाइन्ट राखिएको छ । कर्णालीको प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिरनजिकैबाट म्याराथन सुरु भएको हो । म्याराथन रारातालसम्म पुगेपछि सकिएको हो । जुम्लालाई उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले जुम्लामा निरन्तर जुम्ला–रारा अल्ट्रा म्याराथन भइरहेको छ । म्याराथनको सुरुवाती प्वाइन्ट खलंगा बजार थियो । क्रमशः डाँफे लेक, न्यौरीघाट, चौथा, डाब, चुचेमारा, मिलिचौर हुँदै रारातालसम्मको रुट तय गरिएको क्लबका अध्यक्ष सरोज शाहीले बताए । म्याराथन सुरु हुनुपूर्व जुम्लामा पञ्चेबाजा र हुड्के नाच देखाइएको थियो । प्रतियोगिताको अन्तिम नतिजा २७ चैत बिहान ७ बजे सार्वजनिक गरिने अध्यक्ष शाहीले बताए । 

प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गरेका छन् । सो अवसरमा उनले खेलकुद क्षेत्रमार्फत कर्णालीको पर्यटन प्रवद्र्धन गर्न म्याराथनको महत्वपूर्ण भूमिका रहने बताए । 

यस्तै, कीर्तिमानी धावक हरिबहादुर रोकायाले कर्णाली खेलकुदको पर्याप्त सम्भावना बोकेको क्षेत्र भएको र खेल क्षेत्र प्रवद्र्धनका लागि कर्णाली सरकार गम्भीर हुनुपर्ने बताए । म्याराथन हेर्न जिल्लाका विभिन्न स्थानबाट सर्वसाधारण खलंगा आएका थिए । 

पाँच किलोमिटर दौडमा अशोक र सुशीला प्रथम
प्रतियोगिताअन्तर्गत १६ वर्षमुनिको पाँच किलोमिटर दौडमा अशोक विक र सुशीला विष्ट प्रथम भएका छन् । पाँच किलोमिटरमा पुरुषतर्फ अशोक र महिलातर्फको दौडमा सुशीला प्रथम भएका हुन् । यसैगरी, पुरुषतर्फ दिपेन्द्र बुढा द्वितीय र कविन्द्र बुढा तृतीय भए । महिलातर्फ कल्पना बुढा द्वितीय र अन्तिमा बुढा तृतीय भएको अध्यक्ष शाहीले बताए । यसैगरी, खुला पाँच किलोमिटर दौडमा विकास बुढा प्रथम, हरिबहादुर रावत द्वितीय र हर्क रावत तृतीय भएका हुन् ।

उनीहरूलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले पुरस्कार प्रदान गरेका थिए । १६ वर्षमुनिको दौडमा विजेता खेलाडीलाई क्रमशः प्रथमलाई १० हजार, द्वितीयलाई ५ हजार र तृतीयलाई ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । खुलातर्फ प्रथमलाई तीन हजार, द्वितीयलाई दुई हजार र तृतीयलाई एक हजार प्रदान गरियो । १६ वर्षमुनिको खेलमा एक सय ५६ जना खेलाडी सहभागी थिए भने खुला दौडमा दुई सयभन्दा बढीले भाग लिएका थिए ।
 

ad
ad