मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २३ बुधबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २३ बुधबार २२:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ठाकुरको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री खाण अस्पतालमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २३ बुधबार २२:४८:oo

गृहमन्त्री बालकृष्ण खाणले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । श्वासप्रश्वाशमा समस्या आएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका ठाकुरको स्वास्थ्य अवस्था बुझ्न बालकृष्ण खाण बुधबार साँझ अस्पताल पुगेका हुन् । 

पार्टी कार्यक्रमका लागि भैरहवामा रहेका ठाकुरलाई छाती दुख्ने, ज्वरो आउनेजस्ता समस्या देखिएपछि भैरहवास्थित भीम अस्पतालमा उपचार गराएर थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो ।
 
ठाकुरको स्वास्थ्य अवस्थामा सुधार आएको उपचारमा सम्लग्न चिकित्सकहरूले गृहमन्त्री खाणलाई जानकारी गराएका छन् । 

गृहमन्त्री खाणले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेको ठाकुरलाई सुनाएका थिए । ठाकुरले आफ्नो स्वास्थ्य अवस्थामा सुधार आइरहेको बताएका थिए ।