मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ चैत २३ बुधबार १७:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कैदीबन्दीलाई बिजुली जडान सीप

Read Time : < 1 मिनेट
२०७८ चैत २३ बुधबार १७:१९:००

जुम्लामा कारागारमा बन्दी जीवन बिताउँदै आएका कैदीबन्दीलाई बिजुली जडानसम्बन्धी सीप सिकाइएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको आयोजनामा कैदीबन्दीलाई एकमहिने बिजुली जडान (हाउस वाइरिङ)सम्बन्धी तालिम दिइएको हो । बन्दी जीवनपछि समाज तथा गाउँठाउँमा केही पेसा व्यवसाय गरेर जीविकोपार्जन गर्न सकुन् भन्ने उद्देश्यका साथ कैदीबन्दीहरूलाई बिजुली जडानसम्बन्धी सीप सिकाइएकाे कार्यालयले जनाएको छ । 

‘हामीले कारागार प्रशासनसँग सीपमूलक तालिमको माग गरेका थियौँ । सोही मागलाई सम्बोधन गरी कारागार प्रशासनले उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लासँग समन्वय गरी एकमहिने बिजुली जडानसम्बन्धी सीपमूलक तालिम प्रदान गरेको हो,’ कैदी खड्कजित रोकायाले भने । कारागार प्रशासनले आफूहरूको माग पूरा गरेकोमा आभारी रहेको उनको भनाइ छ । बन्दी जीवनपछि यहाँका कैदीबन्दीहरूलाई यस्ता सीपमूलक तालिमले समाजमा बाच्ने आधार प्रदान गरेको उनले बताए । उनले भने, ‘अझै अहिलेको प्रविधि र युगमैत्री सीप सिकाउन हामी कारागार प्रशासन र सरोकारवाला निकायसँग माग गर्दछौँ ।’ 
उद्योग तथा उपभोक्ता हिंत संरक्षण कार्यालय जुम्लाका अनुसार कैदीबन्दीलाई पनि सीप सिकाएर भोलिको बन्दी जीवनपछि पेसा व्यवसाय गरेर जीविकोपार्जन गर्न सहज होस् भनेर सीप सिकाइएको हो । 

जुम्लाकी सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले कारागारभित्रबाट पनि आयआर्जनका काम गर्न सकिने बताइन् । उनले भनिन्, ‘बिजुली जडानदेखि हातेहाजियारीसम्बन्धी सीपले आम्दानी पनि हुने र बन्दी जीवन बिलाउन पनि सहज हुन्छ । २० जना कैदीबन्दीलाई ०७८ फागुन २४ देखि चैत २३ गतेसम्म एकमहिने बिजुली जडान तालिम दिइएको हो ।