१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २२ मंगलबार
  • Monday, 24 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २२ मंगलबार २१:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

नापीका दुई कर्मचारी एक लाख घुससहित पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २२ मंगलबार २१:५o:oo

नापी कार्यालय चाबहिलका दुई कर्मचारी एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सर्भेक्षक विनोद केसी र अमिन प्रकाशराज भट्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार पक्राउ गरेको हो । 

उनीहरूले बुढानीलकण्ठ–३ स्थित करिब १२ आना जग्गाको हालसाबिक गर्नका लागि एक लाख घुस मागेका थिए । सेवाग्राहीसँग घुस लिएलगत्तै उनीहरूलाई आयोगको टोलीले ललितपुरको लगनखेलबाट पक्राउ गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । 

घुसका लागि सेवाग्राहीलाई उनीहरूले ललितपुर बोलाएका थिए । दुवै कर्मचारी पछिल्लो समय बुढानीलकण्ठअन्तर्गत नापी टोलीमा खटिएर काम गर्दै आएका थिए ।

ad
ad
ad
ad