१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २१ सोमबार
  • Wednesday, 26 June, 2024
२o७८ चैत २१ सोमबार o८:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसिया बैंकको अध्यक्षमा अग्रवाल

६ जना सञ्चालक निर्विरोध निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत २१ सोमबार o८:२९:oo

एनआइसी एसिया बैंक लिमिटेडको अध्यक्षमा तुलसीराम अग्रवाल चुनिएका छन् । अग्रवाललाई बैंकको नवनिर्वाचित सञ्चालक समितिले सर्वसम्मत चयन गरेको हो । 

आइतबार काठमाडौंमा सम्पन्न भएको बैंकको साधारणसभाले ६ जना सञ्चालक निर्विरोध चयन गरेको छ । साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट तुलसीराम अग्रवाल, त्रिलोकचन्द अग्रवाल र रामचन्द्र संघईलाई निर्विरोध रूपमा सञ्चालक चयन गरेको छ । त्यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट निकुञ्ज अग्रवाल, गणेशमान श्रेष्ठ र आदित्यकुमार अग्रवाल निर्विरोध चयन भएको जनाइएको छ । साधारणसभाले कात्तिक १० गतेको सञ्चालक समितिले स्वतन्त्र सञ्चालकका रूपमा चयन गरेको विजया स्वारको नियुक्ति पनि अनुमोदन गरेको छ । 

साधारणसभापछि बसेको सञ्चालक समितिको बैंठकले तुलसीराम अग्रवाललाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको जनाइएको छ । साधारणसभाले आर्थिक वर्ष ०७७÷७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित ०७८ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक विवरणउपर छलफल गरी स्वीकृत गरेको थियो ।

साथै, बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । सभाले सञ्चालक समितिका निवर्तमान सदस्य राजेन्द्रप्रसाद अर्याल र विनोदकुमार प्याकुरेललाई उनीहरूले बैंकको प्रगतिमा पुर्‍याएको योगदानको कदर गर्दै सफल कार्यकालको उच्च मूल्यांकन गरेको थियो । बैंकले हाल देशभरमा तीन सय ५८ शाखा, चार सय ७३ एटिएम, एक सय विस्तारित काउन्टर तथा ८१ शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा पु¥याइरहेको जनाएको छ ।
 

ad
ad
ad
ad