१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २० आइतबार
  • Saturday, 28 September, 2024
मोहन विष्ट कञ्चनपुर
२o७८ चैत २० आइतबार १८:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेबाट निर्वाचित बेदकोट नगरका मेयरसहित २९ जनप्रतिनिधि एकीकृत समाजवादीमा प्रवेश

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७८ चैत २० आइतबार १८:५७:oo

एमालेबाट निर्वाचित कञ्चनपुरको बेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्दसहित २९ जनप्रतिनिधि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादी बेदकोट नगरको भेला तथा पार्टी समायोजन कार्यक्रममा मेयर चन्दसहितका ५ वडाध्यक्ष ५ कार्यपालिका सदस्य र वडा सदस्यसहितका जनप्रतिनिधिले एमाले परित्याग गरेर एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । 

एमालेबाट निर्वाचित ३ का वडाध्यक्ष तिलक ठकुल्ला, ४ का भाष्करदत्त भट्ट, ७ का वीरबहादुर डगौरा, ८ का दुर्गासिह भण्डारी, १० का केशव रावल, कार्यपालिका सदस्य चेतराम कामी, तारा रैकाल, दलवीर टमाटा, पिंकी दमाईं, निर्मला विष्ट(चौधरी), माया बोहरा(महरा), वडा सदस्यहरू अम्बाबहादुर चन्द, तुलसी कामी, दिलबहादुर बोहरा, वसन्ती राना, जोगराम डगौरा, देउमा बाबली, गोमती कुँवर, पल्टु डगौरा(चौधरी), अर्जुन धानुक, धौलीदेवी महर(कामी), रेश्मी डगौरा, गणेशबहादुर विष्ट, डम्बरदत्त भट्ट एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । 

०७४मा एमालेबाट बेदकोट नगरपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यसहित ४२ जना निर्वाचित भएका थिए । समाजवादी प्रवेश गर्ने बेदकोट नगरका जनप्रतिनिधिलाई एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले टीका लगाएर स्वागत गरेका थिए । ‘राम्रा र देशभक्त जनप्रतिनिधि, नेता तथा कार्यकर्ता समाजवादीमा आइरहेका छन्,’ नेपालले भने । 

बेदकोट नगरका मेयर चन्दले एमालेमा इमान्दार कम्युनिस्ट नेताहरूलाई लखेट्न थालेपछि समाजवादको यात्रा तय गरेको बताए । उनले भने, ‘मैले एमालेमा २२ वर्ष काम गरेको छु, १८ वर्षको उमेरदेखि जनप्रतिनिधि भएर काम गरेको अनुभव छ ।’ 

एमालेमा १० बुँदेका नाममा आफूहरूलाई अपमान र तिरस्कार गर्न खोजिएको चन्दले बताए । चन्दले एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, प्रदेश अध्यक्ष दामोदर भण्डारी र कञ्चनपुर इन्चार्ज निरु पालले पुनः मेयरमा उठ्न प्रस्ताव राखे पनि भावी चुनाव नलड्ने घोषणा गरेको बताए ।