मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १८ शुक्रबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत १८ शुक्रबार २o:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल–भारत सम्बन्ध थप प्रगाढ बन्नेछ : भारतीय विदेशमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत १८ शुक्रबार २o:३३:oo

प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेशमन्त्री डा. एस जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन् । शुक्रबार भारत भ्रमणमा गएका देउवासँग भारतीय विदेशमन्त्रीले शिष्टाचार भेटवार्ता गरेका हुन् । 

भेटपछि जयशंकरले देउवाको भ्रमणले घनिष्ठ छिमेकी सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिएको बताएका छन् । शिष्टाचार भेटपछि ट्विट गर्दै जयशंकरले तस्बिर र संक्षिप्त धारणा सार्वजनिक गरेका हुन् । 

 भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रधानमन्त्री देउवाको बेग्लै र प्रतिनिधिमण्डलस्तरीय वार्ता भोलि ११:१० बजे हैदराबाद हाउसमा हुनेछ। सुरुमा दुवै प्रधानमन्त्रीसहित तीन–तीनजना रहेको रेस्ट्रिक्टेड बैठक हुनेछ। त्यसपछि प्रतिनिधिमण्डलस्तरीय वार्तामा प्रधानमन्त्रीसहित दुवै देशका उच्च अधिकारी हुनेछन्। 

प्रधानमन्त्रीलाई भारत सरकारका तर्फबाट रक्षा राज्यमन्त्री अजय भट्टले विमानस्थलमा स्वागत गरेका थिए। विमानस्थलमा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा पनि स्वागतका लागि पुगेका थिए।