१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १७ बिहीबार
  • Friday, 09 May, 2025
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत १७ बिहीबार १३:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शीतयुद्धको छाया मडारिँदै छ, युक्रेन घटना हामीलाई ठूलो पाठ हुन सक्छ : डा. भट्टराई (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत १७ बिहीबार १३:o६:oo

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा नयाँ शीतयुद्धको छाया मडारिरहेको बताएका छन्। बिहीबार रिपोर्टर्स क्लबको २४औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले यस्तो बताएका हुन्।

विश्व राजनीतिसँगै परिवर्तित भूराजनीतिका कारण अमेरिका, चीन र भारतबीचका सम्बन्धहरूले समेत नेपालको आन्तरिक सम्बन्धलाई प्रभावित बनाइरहेको उनले बताए। नेपाल विश्वका शक्तिशाली देशहरूको चासो बनेको भन्दै उनले यो परिस्थितिलाई समयमै आकलन गरेर राष्ट्रिय मुद्दामा राष्ट्रिय समझदारी बनाउनुपर्नेमा जोड दिए। उनले युक्रेनको घटनाबाट पाठ सिकेर सबै देशसँग सन्तुलित सम्बन्ध कायम नगर्ने हो भने देश ठूलो दुर्घटनामा जान सक्ने चेतावनी दिएका छन्।

‘पछिल्लो समयमा जसरी नेपालको छरछिमेकको भूराजनीति बदलिँदो छ, विश्व राजनीतिसँगै भूराजनीति बदलिँदो छ। एउटा नयाँ शीतयुद्धको छाया, प्रतिछाया मडारिँदै छ। खासगरी भारत, चीन, अमेरिकाका बीचका सम्बन्धहरूले हाम्रो आन्तरिक सम्बन्धलाई समेत प्रभावित पार्ने जुन परिस्थिति बन्दै गएको छ, यसलाई हामीले बेलैमा आकलन गरेर राष्ट्रिय समझदारी बनाउनैपर्छ। ठूला देशहरूको बीचमा रहेको देशले राष्ट्रिय मुद्दामा सहमति कायम गर्नैपर्छ। युक्रेनको घटना हामीलाई ठूलो पाठ हुन सक्छ,’ पूर्वप्रधानमन्त्री भट्टराईले भने।