मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ चैत १३ आइतबार
  • Saturday, 13 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत १३ आइतबार १६:५३:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

थप २३ जनामा कोरोना संक्रमण पुष्टि, २१५ जना निको भए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत १३ आइतबार १६:५३:oo

पछिल्लो २४ घन्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पाँच हजार दुई सय २२ जनाको नमुना परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार सात सय ८० जनामा पिसिआर परीक्षण गर्दा १५ जना र एक हजार चार सय ४२ जनामा एन्टिजेन परीक्षण गर्दा आठजनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ भने दुई सय १५ जना संक्रमित निको भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या एक हजार पाँच सय ५८ रहेको छ।