१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १३ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत १३ आइतबार १६:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अरूको बैसाखी टेकेर सधैँ अस्तित्व जोगिँदैन, हामी गठबन्धनको पक्षमा छैनौँ : कांग्रेस केन्द्रीय सदस्य रसाइली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत १३ आइतबार १६:३६:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले आफू गठबन्धनको पक्षमा नरहेको बताएका छन्। पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

कांग्रेससँग एक्लै लडेर चुनाव जितेको इतिहास रहेको भन्दै स्नेहीले सधैँ अरूको बैसाखी टेकेर अस्तित्व नजोगिने बताए। ‘कांग्रेस एक्लै लडेर चुनाव जितेको इतिहास र जनमत छ। कांग्रेसले कसैको बैसाखी टेकेर आफ्नो अस्तित्व सधैँ जोगाउन सक्दैन। अहिले गठबन्धन गर्ने या नगर्ने भन्ने मात्रै छलफलको विषय हो। हामी गठबन्धनको पक्षमा छैनौँ,’ उनले भने।