मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत १३ आइतबार ०८:१९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपालको सांस्कृतिक पर्यटन दूत बन्न एनआरएनएलाई राष्ट्रपति भण्डारीको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत १३ आइतबार ०८:१९:००

राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीलाई नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्न आग्रह गरेकी छिन् । शनिबार एनआरएनएको १०औँ महाधिवेशनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले विदेशमा रहँदै आएका नेपालीले सांस्कृतिक पर्यटन दूत भएर नेपाललाई विश्वमा चिनाउन आग्रह गरेकी हुन् । 

त्यस्तै, गृहमन्त्री बालकृष्ण खाणले नेपालको आर्थिक विकासका लागि गैरआवासीय नेपालीहरूको भूमिका महत्वपूर्ण हुने बताए । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुमार पन्तले संस्था ठूलो दुर्घटनाबाट बचेको बताए । महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पन्तले एकता, सहकार्य र सद्भावनाका लागि निर्वाचन गर्न लागिएको बताए ।  

एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले संस्थामा पदभन्दा पनि जिम्मेवारी महत्वपूर्ण रहेको बताउँदै जिम्मेवारीका साथ काम गर्ने हो भने कुनै समस्या नआउने बताए । संघका पूर्वअध्यक्ष जीवा लामिछानेले एनआरएनएमा एकता र सद्भावना हराएको बताए । विवादका कारण एनआरएनएका धेरै राम्रा काम ओझेलमा परेको उनले बताए ।

‘संघका पूर्वअध्यक्ष रामप्रसाद थापाले एकताले आत्मबल दिएको बताए । सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको उनले बताए । ‘एनआरएनएमा जुन दुर्घटना घट्यो, अब नघट्ने गरी बलियो र दिगो बनाउन सबै एकजुट भएर काम गर्नुपर्छ,’ उनले भने । त्यस्तै, संघका पूर्वअध्यक्ष भवन भट्टले एनआरएनएको मोडालिटी परिवर्तन गर्न आवश्यक रहेको बताए ।