मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १० बिहीबार
  • Tuesday, 17 December, 2024
निरञ्जन मैनाली
२o७८ चैत १० बिहीबार १o:१८:oo
Read Time : < 1 मिनेट
ब्लग प्रिन्ट संस्करण

स्वागतयोग्य पहल

Read Time : < 1 मिनेट
निरञ्जन मैनाली
२o७८ चैत १० बिहीबार १o:१८:oo

९ चैतको नयाँ पत्रिकामा जनयुद्धका घाइतेको उपचार गर्न प्रधानमन्त्रीलाई प्रचण्डको ध्यानाकर्षण भन्ने समाचार पढ्दा खुसी लाग्यो । सर्वहारा वर्गको मुक्तिका लागि जनयुद्धमा अहोरात्र लडेका हजारौँ पूर्वजनमुक्ति सेनाका समस्या समाधान शान्ति–प्रक्रियाकै अभिन्न अंग हुनुका साथै सरकारको दायित्वसमेत भए पनि आजसम्म समस्या समाधान नहुनु दुःखको कुरा हो । तर, ढिलै भए पनि प्रचण्डले प्रधानमन्त्रीसँग पहलका लागि ध्यानाकर्षण गराउनु स्वागतयोग्य छ । 

पूर्वजनमुक्ति सेनाका कमान्डर भक्त राना जनयुद्धमा लागेको चोट बल्झिएपछि उपचारका लागि अस्पताल भर्ना भएका थिए । उनीसितको भेटमा आगामी दिनमा सरकारका तर्फबाट पीडितको उपचार र बालबच्चाको पढाइ खर्च व्यवस्था गर्ने भनी प्रचण्डले गरेको प्रतिबद्धता सकारात्मक छ ।

अब जनयुद्धका सम्पूर्ण घाइते तथा अपांगता भएका योद्धाहरूको लगत संकलन गरी गाँस, बास र कपासको ग्यारेन्टीसँगै गणतान्त्रिक सेनानीको सम्मानपत्र दिनु जरुरी छ ।
 कोल्हवी, बारा हाल : काठमाडौं