१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ९ बुधबार
  • Wednesday, 03 July, 2024
२o७८ चैत ९ बुधबार १९:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

सुरक्षाकर्मी र संरक्षणकर्मीलाई सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत ९ बुधबार १९:o७:oo

संरक्षण क्षेत्रमा योगदान पुर्याएका सुरक्षाकर्मी र संरक्षणकर्मीलाई लामटाङ राष्ट्रिय निकुञ्जले सम्मान गरेको छ । बुधबार निकुञ्जको ४६औँ वार्षिकाेत्सवको अवसरमा संरक्षण क्षेत्रमा योगदान पुर्याएका सुरक्षाकर्मी, संरक्षणकर्मीहरूलाई कार्यालयले नगदसहित सम्मान गरेको हो । 

नेपाली सेनाको विष्णुदल गणका सुवेदार रेवतकुमार श्रेष्ठ, सशस्त्र प्रहरीका हवलदार केशव अधिकारी र नेपाल प्रहरीका जवान प्रकाश प्रजा, निकुञ्जका गेम स्काउट धनबहादुर घले, कल्र्पेश्वरी मध्यवर्ती उपभोक्ता समितिका पूर्वअध्यक्ष दीपक खनाल र संरक्षणकर्मी युवा प्रमोदकुमार तितुङलाई संरक्षण क्षेत्रमा योगदान पुर्याएबापत सम्मान गरिएको निकुञ्जले जनाएको छ । उनीहरूलाई जनही नगद ४ हजारसहित सम्मानपत्रद्वारा सम्मान गरिएको छ । 

निकुञ्जको संरक्षण क्षेत्रमा योगदान पुर्याएबापत उनीहरूलाई सम्मान गरिएको लामटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताए । 

त्यसैगरी, मुख्य प्रजातिको अवस्था सुधारः स्वस्थ वातावरण तथा समृद्धिको आधार भन्ने नाराका निकुञ्जको ४६औँ वार्षिकाेत्सव बनाएको छ । नेपालको पहिलो हिमाली राष्ट्रिय निकुञ्जसमेत रहेको लामटाङ राष्ट्रिय निकुञ्जले केक काटेर आफनो वार्षिकाेत्सव मनाएको छ ।

उत्सवको अवसरमा निकुञ्जले जंगली जनावरबाट क्षति पुगेका किसानहरूलाई क्षतिको अवस्था हेरी राहातस्वरूप रकम वितरण गरेको छ ।

ad
ad
ad
ad