मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ चैत ६ आइतबार १५:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा युवा संघ गुल्मीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Read Time : < 1 मिनेट
२०७८ चैत ६ आइतबार १५:३६:००

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी गुल्मीले पेट्रोलियम पदार्थ तथा उपभोग्य वस्तुको मूल्यवृद्धिको विरोध गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएकाे छ । ज्ञापनपत्रमा मुलुक गम्भीर संकटबाट गुज्रिरहेको अवस्थामा गठबन्धनको सरकारले जनतालाई निराशा बनाउने मात्र काम गरेको युवा संघले आरोप लगाएको छ । 

नागरिक कोरोनाको महामारीका कारण आक्रान्त बनिरहेको अवस्थामा सरकारले पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनतालाई राहतको सट्टा आहात बनाएको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी गुल्मीका अध्यक्ष सुरेश भण्डारीले बताए । उनले उपभोग्य वस्तुको मूल्य दिनानुदिन बढ्दै जाने र बजारमा कृत्रिम अभावसमेत देखिन थालेको, तर सरकार रमिते बनेकाले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गरिएको भण्डारीले बताए । 

राष्ट्रिय युवा संघ नेपाल गुल्मीले पेट्रोलियम पदाथको मूल्यवृद्धिको भर्त्सना गर्दै अविलम्ब मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ । प्रमुख जिल्ला अधिकारी पुण्डविक्रम पौडेलले युवा संघको पत्र तत्काल प्रधानमन्त्रीको कार्यालय पठाउने बताए ।