१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ चैत ६ आइतबार ०८:४९:००
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

शताब्दी पुरुषको जीवनी ‘सत्यमोहन’ लोकार्पण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ चैत ६ आइतबार ०८:४९:००

संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको जीवनीमा आधारित पुस्तक ‘सत्यमोहन’को लोकार्पण गरिएको छ । शुक्रबार आयोजित एक कार्यक्रमका बीच ललितपुरको पाटन संग्रहालयमा पुस्तक ‘सत्यमोहन’ लोकार्पण गरिएको हो । 

कार्यक्रममा संकृतिविद् जोशीले पुस्तकले नेपाली लोकसंस्कृतिको विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । उनले लोकसंस्कृतिले नै विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिबीच एकता ल्याउने बताए । लोकसंस्कृतिलाई हेला गरेर अघि बढे राष्ट्र समावेशी हुन नसक्ने उनको भनाइ छ । उक्त पुस्तक पत्रकार गिरीश गिरीले लेखेका हुन् ।

लोकसंस्कृतिलाई हेला गरेर अघि बढ्यो भने जस्तोसुकै उन्नति भए पनि समावेशीकरण हुन नसक्ने उनको बुझाइ छ । लोकसंस्कृतिलाई हेला गरेर राज्य समावेशी बन्न नसक्ने उनको तर्क छ । 

‘लोकसंस्कृतिलाई हेला गरेर अघि बढ्यो भने जस्तोसुकै उन्नति भए पनि समावेशीकरण हुन सक्दैन । हामी सबै नेपाली हौँ भन्ने भावना जागृत गर्ने लोकसंस्कृतिले नै हो,’ जोशीले भने । लेखक गिरीले संस्कृतिविद् सत्यमोहन जोशीले राष्ट्रका लागि गरेको योगदान व्यापक रहेकाले पछिल्लो पुस्तासम्म पुर्‍याउन पुस्तक लेखेको बताए । उनले सिंगो राष्ट्रको कला, संस्कृतिको विकासका लागि जोशीले गरेको योगदानलाई पुस्तकमा समेटेको बताए ।