मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २ बुधबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २ बुधबार १६:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेप्से १९.६५ अंकले घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २ बुधबार १६:१९:oo

सेयर बजार मापक नेप्से परिसूचक १९.६५ अंकले घटेको छ । पछिल्लो तीन दिनको कारोबारमा उच्च अंकले बढेको नेप्से परिसूचक मंगलबारदेखि घट्दै आएको छ।  

बुधबार नेप्से परिसूचक १९.६५ अंकले घटेर दुई हजार ६ सय ३१.३२ बिन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स ५.२२ अंक घटेको छ भने फ्लोट इन्डेक्स १.०९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०२ अंकले घटेको छ ।

बुधबार कारोबारमा आएका दुई सय ३१ कम्पनीको ४९ लाख  ६७ हजार चार सय ७१ कित्ता सेयर दुई अर्ब ५७ करोड चार लाख एक हजार एक सय ८८ रुपैयाँबराबरको कारोबार भएको छ । मंगलबारको तुलनामा बुधबार कारोबार रकमसमेत घटेको छ । मंगलबार तीन अर्ब ३६ करोड ४२ लाख २९ हजार एक सय ७५ रुपैयाँबराबरको कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये तीन उपसमूहको परिसूचक भने बढेको छ । जसमा होटेल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा बढी २.०९ प्रतिशत बढेको छ । निर्जीवन बिमा उपसमूह ०.६४ प्रतिशतले बढेको छ । त्यस्तै, अन्य उपसमूहको परिसूचक सबैभन्दा धेरै  २.४७ प्रतिशतले घटेको छ । 

व्यापार, विकास बैंक र जलविद्युत् उपसमूहको परिसूचक १ प्रतिशतले घटेको छ । बुधबार नेप्से परिसूचकमा गिरावट आए पनि इमर्जिङ नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 

मैलुङ खोला जलविद्युत् कम्पनी, सोल्टी होटेल र राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयर मूल्य बढेको छ । तर, युनाइटेड इदी मार्दीको सेयर मूल्य ५ प्रतिशतले गिरावट आएको छ ।

कारोबार रकमका आधारमा १६ करोडभन्दा बढीको सेयर कारोबार गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ । गरिमा विकास बैंकको १० करोडभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।