मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २ बुधबार
  • Monday, 16 December, 2024
२o७८ चैत २ बुधबार १६:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राहत माग गर्दै गुलरिया बजारमा विरोध प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत २ बुधबार १६:o३:oo

बर्दियाका किसानले बेमौसमी वर्षा र बाढीका कारण क्षति भएकालाई राहत दिन माग गर्दै प्रदर्शन गरेका छन् । एमालेनिकट अखिल नेपाल किसान महासंघ र  एमाले गुलरिया नगर कमिटीको नेतृत्वमा गुलरिया बजारमा किसानले विरोध प्रदर्शन गरेका हुन् । 

किसानहरूले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा वर्षा प्रभावित किसानका धान र अन्यबाली तथा पशुपक्षीमा भएको क्षतिको आधारमा राहत दिन माग गरिएको छ ।  

किसानहरूको पुनः वर्गीकरण गरी सीमान्तकृत वर्ग, साना तथा अधियाँ–बटैया गर्ने किसानलाई पहिलो प्राथमिकतामा राखेर शतप्रतिशत राहत वितरण गर्नुपर्ने माग पनि गरेका छन् । यस्तै, मध्यम वर्गका किसानलाई ८० प्रतिशत र उच्च वर्गका किसानलाई ५० प्रतिशत राहत वितरण गर्न किसानहरूले माग गरेका छन् ।