मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १ मंगलबार
  • Wednesday, 18 December, 2024
२o७८ चैत १ मंगलबार २२:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शिक्षा क्षेत्र सुधार्न ५५बुँदे कार्यक्रम : मन्त्री पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत १ मंगलबार २२:o८:oo

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्र सुधारका लागि सरकारले ५५बुँदे कार्यक्रम ल्याएको बताउनुभएको छ। विश्व निकेतन माविको हिरक जयन्तीको अवसरका आयोजित कार्यक्रमा मन्त्री पौडेलले सरकारले सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र शिक्षासम्बन्धी कानुनी सुधारमा केन्द्रित भई ५५बुँदे कार्यक्रम ल्याएको बताएका हुन् । 

सार्वजनिक विद्यालयको सुधारका लागि सरकार कटिबद्ध रहेको बताउँदै मन्त्री पौडेलले आगामी तीन वर्षभित्र देशभरका सार्वजनिक विद्यालयलाई भौतिक सुविधा सम्पन्न बनाउनेतर्फ सरकार अगाडि बढेको बताए । गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा विश्व निकेतन माध्यमिक विद्यालयको योगदानको उनले प्रशंसा गरेका थिए । 
उनले सामुदायिक विद्यालयलाई भौतिक पूर्वाधार, शैक्षिक सुधार र कार्यक्रमिक सुधारका लागि सरकारले नीति र बजेट दिइरहेको बताए । शिक्षण सुधार प्रक्रियाका लागि सरकार सदैव तत्पर रहेको उनको भनाइ छ । 

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विद्यालयको भौतिक पूर्वाधारको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा विद्यालयका प्राचार्य हेरम्बराज कँडेलले विद्यालयले गुणस्तरीय शिक्षामा गर्दै आएको योगदान र प्राप्त गरेको सफलताको बारेमा चर्चा गरेका थिए । 

१० लाखको अक्षयकोष स्थापना
हिरक महोत्सवकै अवसरमा विद्यालयमा ‘पद्म ज्योति तथा मीरा ज्योति’ नामक अक्षयकोषको स्थापना गरिएको छ । वार्षिक रूपमा उत्कृष्ट शिक्षक, विद्यार्थीलाई पुरस्कृत गर्ने उद्देश्यले . १० लाखको अक्षयकोष स्थापना गरेको सौरभ ज्योतिले घोषणा गरेका हुन् ।आफ्ना बुबाआमाको नाममा हिरक महोत्सवका अवसरमा ज्योतिले सार्वजनिक रूपमा अक्षयकोष स्थापना गरिएको घोषणा गरेका हुन् ।