१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २८ शनिबार
  • Friday, 05 July, 2024
२o७८ फाल्गुण २८ शनिबार २१:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

ट्राफिक सचेतनाका लागि ‘स्लो बाइक रेस’ प्रतियोगिता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २८ शनिबार २१:२९:oo

ट्राफिक सचेतनाका लागि लमजुङको बेँसीसहरमा ‘स्लो बाइक रेस’ प्रतियोगिता गरिएको छ । बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीको समन्वयमा रोट्रयाक्ट क्लब अफ लमजुङ र रोटरी क्लब अफ लमजुङको आयोजना तथा बेँसीसहर नगरपालिकाको आर्थिक सहयोगमा शनिबार प्रतियोगिता भएको हो । ‘छिटो गए भन्न सकिन्न, विस्तारै गए अवश्य पुगिन्छ’ भन्ने मूल नाराका साथ रोटा सप्ताहको अवसर पारेर प्रतियोगिता सञ्चालन गरेको रोट्रयाक्ट क्लब अफ लमजुङका अध्यक्ष मुकेश कुँवरले बताए । 

प्रतियोगितामा रेशम भारती सबैभन्दा विस्तारै निर्धारित दुरी पार गरी विजेता बन्न सफल भएका छन् । २८ जनाको सहभागिता रहेको प्रतियोगितामा अनुप श्रेष्ठ दोस्राे र सन्दीप लामा तेस्रो भएका छन् । 

तीव्रगतिले दिनानुदिन सवारी दुर्घट्ना बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै यस्तो कार्यक्रमले सर्वसाधारणमा सचेतना मिलेको कार्यक्रमका सहभागीले बताएका छन् । 

प्रतियोगिताले  सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना मिलेको बेँसीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले बताए । स्लो बाइक रेस प्रतियोगिताले सवारी दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने रोटरी डिस्ट्रिक ३२९२ का सहायक गभर्नर डा.तिलकबाबु घिमिरेले बताए । 

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो भएकालाई ट्रफी, प्रमाणपत्र र हेलमेटसहित पुरस्कार दिइएको आयोजक संस्थाले जनाएको छ ।

ad
ad
ad
ad