१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २८ शनिबार
  • Saturday, 28 September, 2024
२o७८ फाल्गुण २८ शनिबार १४:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बारा कांग्रेसको निर्वाचन अनिश्चित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २८ शनिबार १४:४३:oo

नेपाली कांग्रेस बाराको जिल्ला सभापतिका लागि शनिबार हुने भनिएको निर्वाचन अनिश्चित बनेको छ। निर्वाचन समितिले आज १० बजेबाट मतदान गर्न निर्वाचनको कार्यतालिका प्रकाशन गरेको थियो।

पहिलो चरणको निर्वाचनमा तीन उम्मेदवारबीच प्रतिस्पर्धा भएकोमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत कटाउन नसकेपछि दोस्राे चरणको निर्वाचन आजका लागि तोकिएको थियो। पहिलो चरणमा पहिलो हुने राजेशराय यादव र दोस्राे हुने शम्भुबहादुर बुढाथोकीबीच आज प्रतिस्पर्धा हुने तय थियो।

दोस्राे हुने पक्षले आफ्ना मतदाता नआएको भन्दै निर्वाचन सार्न दबाब दिएका यादवको आरोप छ। यादव पक्षका मतदाता बिहानैदेखि मतदानस्थलमा आइसकेका छन् भने बुढाथोकी पक्षले आफ्ना मतदातासमक्ष निर्वाचन स्थगित भएको प्रचार गरिरहेका बताइएको छ।

मुख्य निर्वाचन अधिकृत राजकुमार उप्रेति जिल्ला छोडेर अन्यत्र गएपछि पार्टीले आजै अर्का गंगेश्वर अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकी पठाएको छ। निर्वाचनका सम्बन्धमा आधिकारिक धारणा बुझ्न अधिकारीलाई पटक–पटक सम्पर्क गर्दासमेत उनी सम्पर्कमा आउन चाहेनन्।

मतदाताहरू मतदानका लागि मतदानस्थल आइपुगे पनि निर्वाचन समितिले कुनै पनि तयारी गर्न सकेको छैन। निर्वाचन सुरक्षाका लागि व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ।