१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
तस्बिर : मदाने गाउँपालिका–७ भनभनेको टिमुरखर्क ।
२o८१ बैशाख २० बिहीबार १७:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गुल्मीको मदाने गाउँपालिका खरका छानामुक्त घोषणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:१४:oo

गुल्मीको मदाने गाउँपालिका खरका छानामुक्त घोषणा भएको छ। गाउँपालिकाका सबै वडामा खरका छाना भएका घरहरूलाई जस्तापाता वितरण गरेसँगै खरका छानामुक्त भएको हो।

सुरक्षित नागरिक जनता आवास, एकीकृत नमुना बस्ती र भूकम्पपछि निर्माण गरिएका सम्पूर्ण घरहरूमा जस्तापाता वितरण गरिएको हो। पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नं. २ का सांसद गोकर्ण विष्टले गाउँपालिकालाई खरका छानामुक्त घोषणा गरेका हुन्। गाउँपालिकालाई खरका छानामुक्त घोषणा गर्दै विष्टले गरिबी र अभावको बीचमा पानी पर्दा चुहिने र गर्मीमा आगलागीको जोखिमबाट विक्षिप्त नागरिकलाई जस्तापाता वितरण गरेर स्थानीय तहले अनुकरणीय काम गरेको बताए। उनले आफूले गुल्मीबाट सुरु गरेको खरका छानामुक्त अभियान अहिले सरकारले देशभर सञ्चालन गरेको बताए।

मदाने  गाउँपालिकाको वडा नम्बर १ मा १४१ जनाले जस्तापाता प्राप्त गरेका छन्। वडा नम्बर २ मा १८०, वडा नम्बर ३ मा १४५ र वडा नम्बर ४ मा ३२ घरले गाउँपालिकाबाट जस्तापाता प्राप्त गरेका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिए। त्यस्तै, गाउँपालिकाको वडा नम्बर ५ मा १०७, वडा नम्बर ६ मा ५२ र वडा नम्बर ७ मा ७० घरपरिवारले जस्तापाता पाएका छन्। कुल ७२९ घरपरिवारले गाउँपालिकाबाट जस्तापाता प्राप्त गरेकाे भुसालले जानकारी दिए।

पदबहालीको पहिलो निर्णय पूर्ण कार्यन्वयन
गाउँपालिकाका सबै घरलाई खरका छानामुक्त गर्ने ०७४ असार २० गते गाउँपालिकाका जनप्रतिनिधिहरूले पदबहाली गरेपछिको पहिलो निर्णय हो। गाउँपालिकाबाट विभिन्न आर्थिक वर्षहरूमा जस्तापाता खरिद तथा वितरणका लागि दुई  करोड ८४ लाख ३७ हजार चार सय २० रुपैयाँ खर्च गरिएको गाउँपालिका उपप्रमुख सरिता खड्काले जानकारी दिइन्।

विपन्न परिवारहरूको सुरक्षित आवासको अधिकार सुनिश्चित गर्ने क्रममा मदाने गाउँपालिकाभित्र सात सय २९, भूकम्प र पहिरोका कारण विस्थापित ४७ घर परिवारका लागि एकीकृत बस्ती निर्माण, भूकम्पपश्चात पुनर्निर्माण भएका निजी आवासको घरधुरी संख्या एक सय ४१, सुरक्षित नागरिक आवासअन्तर्गत निर्माण गरिएका घरधुरी एक सय २८, जनता आवास कार्यक्रमअन्तर्गत सात गरेर एक हजार ५४ घर निर्माण कार्य सम्पन्न गरिएको खड्काले बताइन्।

बजेट कम, आशा धेरै
गाउँपालिका प्रमुख दानबहादुर केसीले स्थानीय तहमा बजेट कम र आशा बढी भएका कारण नागरिकमा निराशा बढी भएको बताए। केसीले संघीयताको पहिलो कार्यान्वयन, भौगोलिक जटिलता, जनशक्ति व्यवस्थापन र कानुन निर्माणको चुनौतीका बीच गाउँपालिकालाई खरका छानामुक्त गर्न सकिएकोमा खुसी व्यक्त गरे। मदाने २ र ४ मा औद्योगिक ग्राम स्थापना, भनभने-बडाचौर बृहत् सिँचाइ आयोजना निर्माण, कङे देउराली पर्यटन पूर्वाधार विकास योजना कार्यन्वयन, गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम, बाख्रा विकास कार्यक्रम, खानेपानी, सडक, शिक्षा र स्वास्थमा महत्त्वपूर्ण काम गरिएको केसीले बताए।


 

ad
ad